स्काउटको ७० औं जन्मोत्सवमा बेलबारी स्काउटले गर्यो बृक्षारोपण

  • ६ असार २०७८, आईतवार

 नेपाल स्काउट बेलबारी नगर समितिले स्काउटको ७० औँ जन्मोत्सवका अवसरमा बृक्षारोपण कार्यक्रम संचालन गरेको छ।

स्काउट तदर्थ समिति बेलबारीको कार्यक्रम अनुसार  बेलबारी नगरपालिका परिसरमा नगरप्रमुख ज्ञानेन्द्र सुवेदी र उपप्रमुख ढाकाकुमारी पराजुलीले संयुक्त रुपमा बृक्षारोपण गरेर कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा बेलबारी स्काउट तदर्थ समिती संयोजक बादल देवान तथा सदस्यहरु रबिन थापा, अनिशा गिरी, सोमबहादुर लिम्बू, विष्णु लिम्बु, माधवराज थापा, कृष्ण गुरुङ, सितल राय, रसिन लामा लगायतको उपस्थित थिए ।

बालबालिका तथा युवाहरुमा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ सालमा स्काउट अभियानको सुरुवात भएको थियो ।

नेपालमा विभिन्न मानवीय सेवा मार्फत नेपाल स्काउटको  सांगठनिक विस्तार र विकास भइरहेको छ ।
दोश्रो लहरको कोरोना महामारीको कारण समितिका सदस्यहरुको उपस्थितमा बिरुवा रोपिएको संयोजक बादल देवानले बताए।

       बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले बेलबारी स्काउटले गरेको कार्य उदाहरणीय भएको बताए  । उपमेयर ढाकाकुमारी पराजुलीले समाज परिवर्तन र सुसभ्य समाज निर्माणका निम्ति स्काउटलाई थप बलियो बनाउन नगरपालिकाले आउने दिनमा थप सहयोग समन्वय गर्ने बताइन्।