खेलकुद महासंघ मोरङको जिल्ला समिति बिस्तार, ५० जना थप

  • १० असार २०७८, बिहीबार

नेपाल खेलकुद महासंघ जिल्ला कमिटी मोरङको बिस्तारित बैठकले विद्यमान कमिटी विस्तार गरेको छ ।

  अध्यक्ष हेमन्त सुवेदीको अध्यक्षतामा भएको भर्चुअल बैठकले ७५ सदस्यीय समितिलाई बिस्तार गरी एक सय २५ सदसीय बनाएको छ ।

  विस्तार गरिएको कमिटीमा उपाध्यक्षमा गोमा चौधरी, सचिव दिनेश कर्ण र  उमेश श्रेष्ठ उपसचवहरु नविन मण्डल ,पुस्कर पोखरेल, विष्णु बस्नेत कोषाध्यक्ष भुवन खतिवडा छन् ।

बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य महेश रेग्मी महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष तथा पुर्व सदस्य सचिव केशव बिष्ट उप महासचिव रबिन नगरकोटी लगायतको सहभागिता थियो ।

बिस्तारित बैठकले यसअघि निधन भएका महासंघका जिल्ला सदस्य विजय थापा, पुर्वाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका पुर्व सचिव महेन्द्रजंग कार्की र सदस्य लक्ष्मी राई प्रति शोक प्रस्ताव पारित गरेको छ ।