बिद्रोही एमालेले बेलबारीमा बनायो २ सय ५१ सदस्यीय नगर कमिटी

  • २४ असार २०७८, बिहीबार

मोरङको बेलबारीमा नेकपा एमाले माधव झलनाथ पक्षको २ सय ५१ सदस्यीय नगर कमिटी गठन भएको छ ।

एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजक्तोमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन । नगर कमिटीको इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शकर गुरुङ चयन भएका छन । कमिटी जेठ २२ गते गठन गरीएको तर प्राबिधिक कारणवस ढिलो सार्वजनिक गरिएको नव गठित कमिटीका सचिव कोइरालाले बताए ।

लामो समयसम्म कमिटीहरु चलायमान नभएकाले कमिटी पुनर्गठन गरिएको र चाडै नै पदाधिकारी तथा वडा कमिटीहरु बनाउने कोइरालाले बताए   ।
ओलि समुहले समेत एकलौटी यसअघि नै कमिटी  बनाइसकेको छ ।