बिद्रोही एमालेले बेलबारीमा बनायो २ सय ५१ सदस्यीय नगर कमिटी
- २४ असार २०७८, बिहीबार
मोरङको बेलबारीमा नेकपा एमाले माधव झलनाथ पक्षको २ सय ५१ सदस्यीय नगर कमिटी गठन भएको छ ।
एमाले बेलबारीका पुराना नेता पिपि थापा मगरको संयोजक्तोमा गठित समितिको सचिवमा कमल कोइराला रहेका छन । नगर कमिटीको इन्चार्जमा राजेश बस्नेत र सहइन्चार्जमा शकर गुरुङ चयन भएका छन । कमिटी जेठ २२ गते गठन गरीएको तर प्राबिधिक कारणवस ढिलो सार्वजनिक गरिएको नव गठित कमिटीका सचिव कोइरालाले बताए ।
लामो समयसम्म कमिटीहरु चलायमान नभएकाले कमिटी पुनर्गठन गरिएको र चाडै नै पदाधिकारी तथा वडा कमिटीहरु बनाउने कोइरालाले बताए ।
ओलि समुहले समेत एकलौटी यसअघि नै कमिटी बनाइसकेको छ ।