प्रकाश सपूत र सृष्टी खड्का अभिनित ‘केशरी’ सार्वजनिक

  • १५ आश्विन २०७९, शनिबार

लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको आवाज रहेकोे गीत “केशरी केशरी” सार्वजनिक भएको छ।

ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुति रहेकोे गितमा अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको शब्द र बिष्णु भट्टकै संगित रहेको छ | ब्लेक ब्रोज
इन्टरमेन्टबाटै सार्वजनिक भएको गीतको भिडियोमा प्रकाश सपूत र सृष्टी
खड्काको अभिनय छ |

ठट्यौली प्रेमिल यस गीतको भिडियोलाई ऋषि राज आचार्यले निर्देशन तथा
महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीले सह- निर्देशन गरेका छ्न |

गीतको भिडियोले अहिलेको वास्तविक समयलाई चित्रण गरेको छ | भिडियोमा मोहन कुमारको छयांकन, अनिलकुमार मानन्धरको सम्पादन तथा सियोन श्रेष्ठको कोरियोग्राफी छ | यस गीतलाई  मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन भने पृज्मा स्टुडियोमा रेकर्ड भएको हो।