उत्तरी मोरङमा एयरपोर्ट बनाउने एजेन्डा लिएर भोट माग्दै कांग्रेसका बागी उम्मेदवार

  • २३ कार्तिक २०७९, बुधबार

प्रतिनिधि सभा सदस्यका लागि मोेरङ क्षेत्र नम्बर ३ बाट कांग्रेसका बौद्धिक एवम् पुराना नेता जयराज संयोक लिम्बु ले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेसभित्र तरंग पैदा भएको छ ।

कांग्रेसभित्र मौलाएको बेतिथिको विरुद्ध भन्दै लिम्बूले बागी उमेदवारी दिएपछि मोरङ कांग्रेसभित्र तरंग फैलिएको हो ।उनी माछा चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । सोमबार बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनपार्कमा पत्रकार सम्मेलन गरी लिम्बूले प्रजातान्त्रीक समाजवादको बैचारीक धरातलमा उभिएको कांग्रेस पार्टी नव उदारवादी, नोकरशाही, दलाल पुंजीपतिहरुको चंगुलमा फस्न पुगेकोले त्यस बिरुद्ध आफुले उम्मेदवारी दिएको बताएका छन् ।

कांग्रेसले क्षेत्र नम्बर ३ मा आफ्नै अग्रजहरुको अपमान गरेको, त्याग र बलिदानलाई मुर्ख ठानेको, अनवरत क्रियाशिलतालाई बेवकुफी ठानेको , सादगी र सहनसिलतालाइ कमजोरी ठानेको, गरिबिलाइ उपहास गर्दै गुलामीको श्रोत ठानेको र आत्मस्वभिमानलाई तुच्छ ठान्दै निस्ठालाई खरिद गर्ने कुचेस्टा गरेकोले भद्रगोल अवस्थाबाट त्राण पाउन, लोकतान्त्रीक व्यवस्थाको कलंक मेटाउन, समाजवादको सपना देख्न बिद्रोह स्वरुप आफुले बागी उम्मेदवारी दिएको संंयोकले बताए ।

लिम्बूले आफ्नो ४६ बुँदे आफ्नो घोषणा पत्र समेत प्रस्तुत गरेका छन् । घोषणापत्रमा उनले सडक, कृषि, शिक्षा, स्वास्थ्य, लगायतका बिषयलाई बिशेष प्रथामिकता दिएका छन् । उनको घोषणापत्रमा कृषि प्रबर्द्धनदेखि बिराटनगरको एयरपोर्ट उपर्युक्त स्थानमा नभएकोले त्यसको सट्टा उत्तरी मोरङमा अन्तरास्ट्रिय एयरपोर्ट बनाउनेसम्मका योजना प्रस्तुत गरेका छन् ।

सोमबार बिहान बेलबारी ३ स्थित ड्रिमल्याण्ड फनपार्कमा आयोजित पत्रकार सम्मेलनमा लिम्बूले बाम गठबन्धनका तर्फबाट यस क्षेत्रका उमेदवार नेपाली काँग्रेसका डा.सुनिल शर्माले सोझा नेता र कार्यकर्ता प्रयोग गरि आफु उनीहरुको पछि बसेर घिनलाग्दो खेल खेलेको आरोप लगाए । उनले बेलबारीका केही नेताको नाम नै लिएर उनीहरुको ईमान्दारिता लाई खरिद गरी शर्माले आफनो स्वार्थ पुरा गरेको र यस क्षेत्रमा शर्मा एण्ड कम्पनी नै चलाएको र पार्टी ध्वस्त पारेको आरोप लगाए ।

आफुले काँग्रेसको बिरोध भन्दा पनि काँग्रेस भित्र रहेका गलत स्वार्थ बोकेका मानिसहरुको बिरुद्धमा बिद्रोह गरेको बताए । उनले काँग्रेस नसच्चिए र यस्तै ब्यक्ति हाबी भए पार्टी पनि सकिने र देश पनि सकिने बताए । उनले आफना प्रतिबद्धताहरु समेत प्रस्तुत गरेका छन । शिक्षा,स्वास्थ्य,कृषि,सडक लगायतका बिषयलाई आफनो प्रमुख एजेण्डा बनाएका छन ।

स्वतन्त्र उम्मेदवार जयराज संयोक लिम्बुलाई नेपाली कांग्रेसबाट हालसालै बिद्रोह गरी स्वतन्त्र भएका पथरीका केशव दुलाल, बेलबारीका राजकुमार लिम्बु र रुकमिणि धिमाल,सागर राई लगायतले पनि साथ दिएका छन् ।
घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित केशव दुलालले प्रमुख राजनैतिक पार्टि र व्यक्तीहरु खराब भएकोेले उपयुक्त व्यक्ती निर्वाचित गर्न सबैलाई अपिल गरेका छन् । दुलालले रक्सी,मासु र पैसामा पार्टीका ईमान्दार नेता कार्यकर्ता समेत बिक्न थालेको भन्दै पार्टी जोगाउने बेला भएको बताए ।

बागी विरुद्ध कठोर बन्दै कांग्रेस :  यसैबीच नेपाली कांग्रेसले पार्टीको निर्णय विपरित उम्मेदवार दिने मोरङका ५ नेतालाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीको निर्णय विपरित बागी उम्मेदवार दिने मोरङका पाँचसहित देशभरका ७४ जनालाई कांग्रेसले पार्टीबाट निकालेको हो।

मोरङ क्षेत्र नम्बर-३ बाट प्रतिनिधिसभामा आफ्नै पार्टीका उम्मेदवार डा. सुनिल शर्माविरुद्ध उम्मेदवार बनेका जय राज संयोग लिम्बूलाई कांग्रेसले ५ वर्षका लागि पार्टीबाट निष्कासन गरेको छ। उनी नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि समेत हुन्।

त्यस्तै मोरङ क्षेत्र नम्बर-२ को प्रदेश ‘क’ मा गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका क्षेत्रीय प्रतिनिधि फणिन्द्र थापालाई कारबाही गरेको छ । सो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका गणेश उप्रेती उम्मेदवार छन्।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जनार्दन निरौला र क्रियाशिल सदस्य गोपाल रेग्मी पनि कारबाहीमा परेका छन्। उनीहरु दुवै मोरङ-६ ‘ख’ बाट प्रदेशसभामा उम्मेदवार छन्। केदार कार्की यो क्षेत्रका आधिकारिक उम्मेदवार हुन्।

यस्तै पार्टीको निर्णय विपरित मोरङ-४ ‘क’ काआधिकारिक उम्मेदवार गुरुराज घिमिरे विरुद्ध उम्मेद्वारी दिने नन्दु सरदारलाई पनि कांग्रेसले कारबाही गरेको छ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले मंगलबार एक विज्ञप्ती पार्टीको विधान बमोजिम बागी उम्मेदवारहरुलाई पाँच वर्षका लागि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको छ ।