रमिते सामुदायिक बनको पाँचौं साधारणसभा सम्पन्न, १५ सदस्यीय समिति चयन

  • १२ चैत्र २०७९, आईतवार

रमिते सामुदायिक बनकाे पाँचौ साधारण सभाबाट नयाँ समिति
चयन भएको छ ।

शनिबार भएको साधारणसभाले वन समुहका निवर्तमान कोषाध्यक्ष खगेन्द ओझाको नेतृत्वमा  १५ सदस्यीय नयाँ समिति निर्वाचित गरेको हो ।

एमाले र सत्ता गठबन्धन समर्थित दलहरूले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरेकोमा एमाले समर्थित ओझाको नेतृत्व निर्वाचित भएको हो । नवगठित समितिमा सुमन कटुवाल उपाध्यक्ष, नैना राई सचिव, शान्तकुमार सुनार सहसचिब र तुलसा कार्की काेषाध्यक्षमा चयन भएका छन् ।

त्यसैगरी महिला सदस्यतर्फ मनमाया रिजाल, कमला श्रेष्ठ, सरस्वती लिम्बू, गंगा ढकाल र मेनुका शङ्कर निर्वाचित भएका छन् । त्यस्तै खुल्ला सदस्यतर्फ सिताराम नेउपाने, राजु परियार, गाेपाल नेपाल, भुवनेश्वर लिम्बू, राजेन्द्र तामाङ चयन भएका छन् ।

लेखा समिति संयोजकमा श्याम कुमार लिम्बू तथा लेखा समिति सदस्यमा गाेपाल बस्नेत र बिन्दु दहाल चयन भएका छन् ।

 

कूल ६० वटा उपभोक्ता समूह बाट ८२ जना प्रतिनिधि चुनिएर आएकोमा २ जना बाहेक सबैले मतदान गरेका थिए । साधारणसभामा केही पुर्व पदाधिकारीको नाममा बेरुजु देखिदै आएपनि असुली गर्न नसकेको भन्द!केही उपभोक्ताले साधारणसभा नै रोक्नुपर्ने माग समेत गरेका थिए । यस सामुदायिक वनले गत आबमा ६६ लाख आम्दानी गरेको थियो ।