नोवेल अस्पतालद्वारा पथरीमा बेहोस अबस्थामा भेटिएका वृद्धको निशुल्क उपचार

  • ३१ असार २०८१, आईतवार

नोवेल अस्पतालले बेहोस अबस्थामा भेटिएका पथरीशनिश्चरे नगरपालिका वडा न. ४ बस्ने वर्ष ६० का बुद्धिमान दर्जीको निशुल्क उपचार गरेको छ ।

असार दोस्रो साता  रातीको समयमा बहोस अवस्थामा भेटिएका बुद्धिमानलाई सोही दिन परिवारले नोवेल अस्पताल पुर्याएपछि निजको निशुल्क उपचार भएको हो ।

छिमेकी रुपनारायण पौडेल र हरिनारायण लिम्बुको सहयोगमा एम्बुलेन्सबाट नोवेल अस्पताल पुर्याएका थिए । असार २७ गते डिस्र्चाज भएर बुद्धिमान घर आइसकेका छन ।
पथरी शनिश्चरे नगरपालिका वडा न. ४ का वडा अध्यक्ष लोककिरण न्यौपानेका अनुसार बुद्धिमानलाई आइसियुमा राखेर उपचार गरेको रकम समेत सांसद डा. सुनिल शर्माले छुट गराइदिएको बताए ।

आर्थिक रुपमा कमजोर पारिवारक अवस्था रहेका बुद्धिमान दर्जीको परिवारलाई सांसद डा. सुनिल शर्माले उपचार रकम छुट गरिदिंदा ठुलो राहत भएको भएको श्रीमती कोपिला दर्जीले बताइन ।