पथरीमा निशुल्क आँखा शिविर, १ सय ४७ जना विद्यार्थीको आँखा जाँच तथा उपचार

  • १४ श्रावण २०८१, सोमबार

पथरी समाचारदाता । लायन्स क्लव, पथरी, लायन्स क्लव अफ पथरी योङहर्ट, लायन्स क्लव अफ क्रीएटिभ लेडी, लायन्स क्लव अफ पथरीशनिश्चरे र लियो पथरीको संयुुक्त आयोजनामा पथरी शनिश्चरे नगरपालिका वडा न. -७ मा रहेको दुर्गा माविमा १ दिने आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर आँखा अस्पताल विराटनगरको प्राविधिक सहयोगमा दुर्गा माविमा अध्ययनरत १ सय ४७ जना विद्यार्थीहरुको आँखा जाँच  तथा उपचार गरिएको थियो ।
कार्यक्रममा डिष्ट्रीक गभर्नर विकास अधिकारी, डिष्ट्रक एडमिन्टेटर रोशन बुढाथोकी, एरिया कोर्डिनेटर रोहित शाह, रिटर्न चियर पर्सन संजिव बुढाथोकी, जोन चियरपर्सन, भगत चन्द्र थपलिया, पथरी लायन्स क्लवका अध्यक्ष मुरारी आचार्य, योङ हार्ट अध्यक्ष हेमन्त ओझा, लायन्स क्लव अफ पथरी शनिश्चरेका अध्यक्ष अनिता राई, लियो पथरी अध्यक्ष मोनिका न्यौपाने, आयोजक संस्थाका पदाधिकारीहरु उपस्थित थिए ।

त्यसैगरी पथरी शनिश्चरे नगरपालिका कार्यालय शिक्षा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, पथरी शनिश्चरे नगरपालिका वडा न. ७ का वडा अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष उद्धवराज बस्नेत, पूर्व विद्यार्थी तथा हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगर पूर्व विब्यस अध्यक्ष रिता गिरी, दुर्गा माविका  प्रधानाध्यापक यादव घिमिरे लगायतको सहभागिता थियो ।