बेलबारी नगरपालिकाद्वारा ४५ जना कर्मचारीको आन्तरिक सरुवा

  • ४ श्रावण २०८१, शुक्रबार

बेलबारी नगरपालिकाले ४५ जना कर्मचारीको आन्तरिक सरुवा गरेको छ ।
नगरपालिका क्षेत्रका ११ वटै वडा कार्यालयहरूमा कार्यरत ३३ जना प्रशासनिक र नौ जना प्राविधिक कर्मचारीको सरुवा गरिएको हो।
यसैगरी , नगरपा लिका कार्यालयभित्र कार्यरत दुईजना प्रशासनिक र एकजना प्राविधिक पनि सरुवामा परेका छन्। नगरपालिका अन्तरगत जम्मा ४५
जना कर्मचारीको आन्तरिक सरुवा भएको नगरपालिकाका सूचना अधिकारी महेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार नगरपालिकाको आन्तरिक निर्णय अनुसार कर्मचारी सरुवा गरिएको हो । कर्मचारीको अनुभवमा विविधता तथा सेवामा प्रभावकारिता वृद्धि गर्ने उद्देश्यले कर्मचारीको आन्तरिक सरुवा गर्ने परिपाटी सुरु गरिएको खड्काले बताए।
आन्तरिक सरुवा गर्ने सवालमा नगरप्रमुख र प्रमुख प्रशा सकीय अधिकृतबीच छलफल भई एक वडामा कार्यरत कर्मचारी पहिले नबसेको वडामा पुग्नेगरी सरुवा को निर्णय गर्ने गरिएको खड्काले बताए ।
आन्तरिक सरुवाका सम्बन्धमा सम्बन्धित कर्मचारीलाई पत्राचार गरिसकेको नगरपालिकाले जनाएको छ। सरुवा अनुसार अष्टनारायण धिमाललाई ९ नम्बर वडा कार्यालयबाट नगरपालिका कार्या लयमा ल्याइएको छ । यसैगरी चन्दना पोख्रेललाई १ नम्बर वडाबाट नगरपालिकाको भूमि तथा भवन निर्माण शाखामा ल्याइएको छ ।
त्यस्तै नगरपालिकाको जिन्सी शाखामा कार्यरत चतुर्भुज माझीलाइ बेलबारी ७ नम्बर वडा कार्यालयमा सचिवको जिम्मेवारी दिई पठाइएको छ ।, प्राविधिक शुशील सुवेदी लाई ११ नम्बर वडाको प्राविधिकका रूपमा खटाइएको छ । नगरपालिकाको शहरी पूर्वाधार शाखामा कार्यरत राज राईलाई
५ नम्बर वडा कार्यालयको प्रशासन सहायकका रूपमा पठाइएको छ । यसैगरी , नगरपालिकाको सूचना प्रवधि सहायकका रूपमा कार्यरत पारस सुवेदीलाई ८ नम्बर वडा कार्यालयको प्रशासन सहायक बनाइ पठाइएको नगरपालिकाले जनाएको छ ।

बेलबारी नगरप लिकाका नगरप्रमुख दिलप्रसाद राईले कर्मचारीलाई लामो समयसम्म एउटै कार्यालयमा राख्दा कार्यसम्पादनमा असहजता उत्पन्न हुनसक्ने भएकोले नगरपालिकाको विविधता युक्त समाज र भूगोलसँग परिचित गराउन तथा कर्मचारीको क्षमता बिकास गर्दै जनताले सहज रुपमा सेवा पाउने वातावरणसमेत बनाउन कर्मचारीहरुको आन्तरिक सरुवा गरिएको दाबी गरेका छन्।