मिस्टर नेपालको फाइनलमा पुगेका प्रकाशलाई जिताउन पथरीका संघसंस्थाको अपिल

  • ३१ श्रावण २०८१, बिहीबार

मिस्टर नेपालको फाइनलमा पुगेका मोरङ पथरीशनिश्चरेका युवा प्रकाश चौहानका जिताउन विभिन्न संघ संस्था तथा परिवारले भोटको अपिल गरेका छन् ।
पथरीशनिश्चरे—४ का प्रकाश चौहान मिस्टर नेपाल बर्ष २०२४ को फाइलनमा पुगेका छन् । भदौ पहिलो साता फाइनलहुने मिस्टर नेपालको नतिजा एसएमएस भोट बढी ल्याउने प्रतिस्पर्धीले जित्नेछन् ।
प्रकाश चौहान अडिसनको साथै विभिन्न चरण पार गर्दै फाइनलमा प्रवेश गर्नुभएको छ । चौहानलाई जिताउन पथरी जेसीजले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी भोट अपिल गरेका गर्नुभएको हाे ।
पथरी जेसीजका अध्यक्ष राज तिरुवाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रतिष्पर्धी प्रकाश चौहानका बुवा गणेश चौहान, आमा प्रमिला र दिदी सरस्वती चौहानले भोट दिएर जिताउन आनुरोध गरिएकाे हाे।
पत्रकार सम्मेलनमा पथरी उद्योग वाणिज्य संघको पूर्ब अध्यक्ष पर्शुराम कार्की, जेसीज टिम लगायत उपस्थिति रहेको थिए । चौहानलाई भोट गरेर जिताउन अपिल गरिएकाे छ।