प्याप्सन पथरीको चित्रकला प्रतियोगितामा सिनियरतर्फ रेडस्टार र जुनियरतर्फ  एभरेष्ट प्रथम

  • २४ जेष्ठ २०८२, शुक्रबार

मोरङको पथरी शनिश्चरेमा सम्पन्न भएको प्याब्सन नगरस्तरीय चित्रकला प्रतियोगिता २०८२ मा सिनियरतर्फ रेडस्टार मावि  र जुनियरतर्फ एभरेष्ट बोडिङ्ग  प्रथम  भएका छन् ।
शुक्रबार वडा नं १ स्थित भुपु सैनिक अंग्रेजी माध्यमिक बिद्यालयमा सम्पन्न भएको प्रतियोगिताको सिनियर तर्फ रेडस्टार माविकी छात्रा जेरियाना राई प्रथम, वाल्मीकि मेमोरियल माविका छात्र सनम शिवा दोस्रो, अरुणोदय माविकी छात्रा समीक्षा तामाङ तेस्रो स्थान हासिल गर्न सफल भए भने एभरेष्ट अङ्ग्रेजी बोडिङ्ग स्कुलका छात्रा नाग्मा लिम्बु र प्यागोडा मोडेलकी छात्रा प्रकृति पुरीले सान्त्वना स्थान हासिल गरे ।
यसैगरी, जुनियरतर्फ प्रथम, द्वितीय र द्वितीय क्रमशः एभरेस्ट माध्यमिक विद्यालयकी आभा केरुङ, ब्राइट करियरकी दीपिका धिमाल र रेडस्टार माविका मिसेक राई भए भने सुपर्व अंग्रेजी बोडिङ्ग स्कुलका छात्र प्रिन्स मगर, ग्रेड ग्रेस अङ्ग्रेजी बोडिङ्ग स्कुलका नरेन लिम्बु, बालजागरण बोर्डिङकी जेमिमा राई र भूपु सैनिक माविकी रिया गुरुङले सान्त्वना स्थान हासिल गरेकी थिइन् ।
उक्त प्रतियोगिताका विजयी छात्रछात्राहरूलाई पथरी नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकीले एक समारोहका बीच अबिर, टीका , रुद्राक्ष माला मेडल तथा प्रमाणपत्र सहितले पुरस्कृत गर्नुभएको थियो।
सो प्रतियोगितामा नगरका २२ वटै निजी तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।
नगरस्तरीय प्याव्सन चित्रकला प्रतियोगिताबाट भइ छनौट भएका विजयी छात्रछात्राहरूले आगामी महिना प्याप्सन मोरङद्वारा निकट भविष्यमै आयोजना हुन गइरहेको जिल्ला स्तरीय चित्रकला प्रतियोगितामा सहभागिता जनाउने पनि प्याव्सन नगरसमिति, पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिनुभयो।