उदाहरणीय बन्दै उपमेयरसँग मातृशिशु कार्यक्रम

  • ९ असार २०८२, सोमबार

बेलबारी नगरपालिकाले सञ्चालन गरेको उपमेयरसँग मातृशिशु कार्यक्रम उदाहरणीय बनेको छ ।
बेलबारी नगरपालिकाले तीन बर्षअघि शुरु गरेको मौलिक प्रकारको मानिएको यो कार्यक्रम उदाहरणीय बनेको हो । समाजमा छोरीप्रतिको धारणामा परिवर्तन ल्याउन पहिलो र दोस्रो सन्तान छोरी पाउने दम्पत्तिलाइ लक्षित गरी नगरपालिकाले यो कार्यक्रम शुरु गरेको थियो । बेलबारी नगरपालिकाका अनुसार आर्थिक बर्ष २०७९/०८० देखि शुरु गरिएको यो कार्यक्रमबाट तिन बर्षको अबधिमा झण्डै तिन सय दम्पत्तिले लाभ लिएका छन् ।
यो कार्यक्रम अनुसार पहिलो सन्तान र दोश्रो सन्तान छोरी जन्माउने दम्पत्तिलाइ नगरपालिकाकी उपमेयर मार्फत ५ हजारका दरले नगद दिने गरिएको छ । नगरपालिकाले स्वास्थ्य संस्थामा चेकजाँच तथा जन्मदर्ता जस्ता केही शर्त राखेको छ तर धेरैजसोले तीशर्तहरु पालना गरिरहेको नगरपालिकाले जनाएको छ । कार्यक्रम शुरु गरिएको पहिलो बर्ष आर्थिक बर्ष २०७९/०८० को अबधिमा छोरी जन्माउने ६२ जनाले यो कार्यक्रबाट लाभ लिएका थिए । दोस्रो बर्ष आर्थिक बर्ष २०८०/०८१ को अबधिमा १ सय १७ जना र आर्थिक बर्ष २०८१/०८२ को जेठ महिनासम्ममा ९९ दम्पत्ति यो कार्यक्रमबाट लाभान्वित भएको बेलबारी नगरपालिकाको स्वास्थ्य शाखा प्रमूख सन्तोष बिश्वकर्माले जानकारी दिए । – संयन्त्र साप्ताहिकबाट