बेलबारी नगरपालिकाद्वारा १ अर्ब ९ करोडको बजेट सार्वजनिक
- ११ असार २०८२, बुधबार
बेलबारी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
नगरपालिकाको १७औँ नगरसभा अधिवेशनमा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले आगामी वर्षको नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन्।









