बेलबारी नगरपालिकाको सहयोगमा ट्युसन, कक्षा, ८ र १० का एक हजार चार सय विद्यार्थी लाभान्वित

  • ३ चैत्र २०८१, सोमबार

शिक्षाको ..गुणस्तर तथा नतिजा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले कक्षा ८ र १० मा अध्ययनरल विद्यार्थीहरुलालइ खासगरी गणित बिषयमा अतिरिक्त कक्षा संचालन गराउने बेलबारी नगरपालिकाको कार्यक्रमबाट डेढ दर्जनभन्दा बढी सामुदायिक विद्यालयका एक हजार चार सयभन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् ।
खासगरी कक्षा ८ र एसईइको परीक्षामा गत बर्ष अपेक्षित नतिजा नआएपछि नगरपालिकाले २०८१ असिज ६ गते एक सूचना प्रकाशित गरी सामुदायिक विद्यालयमा छोराछोरी पढाउने सबै अभिभावकहरुलाइ आ-आफ्ना छोराछोरीलाई सम्बन्धित सामुदायिक विद्यालयहरुमा २०८१ फागुन मसान्तसम्म अतिरिक्त कक्षा कार्यक्रममा अनिवार्य सहभागी गराउन आव्हान गरको थियो ।
नगरपालिकाले कक्षा ८ का विद्यार्थीका लागि प्रति कक्षा ५ हजार रुपैयाँ र र कक्षा १० का विद्यार्थीका लागि प्रति कक्षा ६ हजार ५ सय .रुपैयाँका दरले दिने घोषणा गरेको थियो । जस अनुसार नगर क्षेत्रका १९ वटा सामुदायिक विद्यालयहरुले अतिरिक्त कक्षा संचालन गरेको बेलबारी नगरपालिकाको शिक्षा शाखा प्रमुख एलिना बस्नेतले जानकारी दिइन् ।
बाइट …..
एलिना बस्नेत
नगरपालिकाका अनुसार कक्षा ८ मा अध्ययनरत मध्ये ७ सय १४ जना कक्षा १० मा अध्ययनरत ७ सय ३० विद्यार्थीहरुले अतिरिक्त कक्षा लिएका थिए ।
अतिरिक्त कक्षा संचालन गर्ने विद्यालयहरुमध्ये
बेलबारी ९ मा रहेको श्री जनता माविले सबैभन्दा बढी कक्षा ८ मा ७५ र कक्षा १० मा १ सय ३४ जना गरी २ सय ९ जनाले अतिरिक्त कक्षा लिएको बेलबारी नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
त्यस्तै बेलबारी ११ मा अबस्थित लक्ष्मी माविले कक्षा ८ का ९४ जना र कक्षा १० का १ सय २० जना विद्यार्थीहरुका लागि २०८१ मंसिरदेखि फागुन मसान्तसम्म अतिरिक्त कक्षा संचालन गरेको थियो ।
बेलबारी ३ स्थित भगवती माविले साउन ६ गतेदेखि नै कक्षा ८ का ६१ र १० मा अध्ययनरत ७२ जना गरी कूल १ सय ३३ जना विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा संचालन गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार बेलबारी १० मा रहेको महेन्द्र माविले कक्षा ८ का ३५ र कक्षा १० का ३६ जना, बेलबारी ६ को वीरेन्द्र माविमा कक्षा ८ मा ३५ र १० मा ३० जना, धनपाल माविमा कक्षा ८ मा कक्षा ८ मा ५२ र कक्षा १० मा ५६ जनाले, बेलबारी ४ को कसेनी माविले कक्षा ८ का ४५ र १० का ५२ जना विद्यार्थीलाई अतिरिक्त कक्षा दिएका छन् ।
त्यस्तै बेलबारी ९ को काली माविले कक्षा ८ र १० का क्रमशः ३० र ४४ जना, बेलबारी १० को धिरनाथ सम्फुल माविले पचास- पचास जना, बेलबारी २ को कविर माविले ४८ र ६० जना र बेलबारी १ नक्सालमा रहेको जनता माविले कक्षा ८ मा अध्ययनरत ३७ जना र कक्षा १० मा अध्ययनरत ३२ जना विद्यार्थीले अतिरिक्त कक्षा लिएका छन् ।
त्यसैगरी बेलबारीका केही आधारभूत विद्यालयले कक्षा ८ को अतिरिक्त कक्षा संचालन गरेका छन् । जसमा बेलबारी ७ को रामजानकी आधारभूत विद्यालय, बेलबारी ६ को महेन्द्र आधारभूत विद्यालय, बेलबारी ९ को दिपज्योती आधारभूत विद्यालय, बेलबारी ४ को पन्चज्योति आधारभूत विद्यालय, बेलबारी ४ कै पन्चायत आधारभूत विद्यालय, बेलबारी ७ को देवकोटा आधारभूत विद्यालय र बेलबारी ५ को महेन्द्र आधारभूत विद्यालय छन् ।
नगरपालिकाको सहयोगमा चलाइएको अतिरिक्त कक्षा कार्यक्रम निकै फलदायी भएको र विद्यार्थीहरुले राम्रो लाभ लिएको बेलबारी १० को महेन्द्र मावि की शिक्षिका दीक्षा तुम्साले बताइन् ।
बाइट
दीक्षा तुम्सा, शिक्षिका
नगरपालिकाको सहयोगमा सामुदायिक विद्यालयहरुले अतिरिक्त कक्षा संचालन गर्दा विद्यार्थीहरुले लाभ त लिएका छन् तर उपलब्धि के कस्तो हुनेहो त्यो भने हेर्न बाँकी छ ।
रेडियो बेतनाका लागि अम्बिका भण्डारी र निकेश बरालको रिपोर्ट