हावाहुण्डरीले गर्दा सक्दै नसकी रोकियो कोशी हरैचा एक्स्पो

  • २८ फाल्गुन २०७३, शनिबार

शुक्रबार वेलुका एकाएक  आएको असिना सहितको बर्षा र हावाहुरीका कारण मोरङको कोशीहरैचास्थित बिराटचौकमा जारी कोशी हरैचा एक्स्पो बिचैमा रोकिएको छ ।

गेट लगायत स्टलहरुमा क्षति भएपछि एक्स्पो रोकिएको हो ।
शुक्रबार एक्स्पोमा दार्जिलिङबाट आएको मन्त्र ब्याण्डको कार्यक्रम पनि प्रभाबित भयो । राती साढे ८ बजेदेखि सुरु भएको कार्यक्रम १५ मिनेट चलेको थियो । हुरी सहितको बर्षाले एक्स्पोको मुख्य गेट ढलेको छ । आईतबार सम्पन्न हुने एक्स्पो मौसम परिबर्तनका कारण शुक्रबार बाट नै स्थगित भएको आयोजकले जनाएको छ ।