बिराटचोकमा शुरुभो कोशी हरैचा एक्सपो, जाने होईन ?

  • २२ फाल्गुन २०७३, आईतवार

औद्योगीक तथा व्यवसायीक प्रवद्र्धनका लागि मोरङ्को बिराटचोकमा कोशी हरैचा एक्सपो २०७३ शुरु भएको छ ।

एक्सपोको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो । एक्सपोको उद्घाटनका क्रममा पूर्व सभामुख नेम्वाङ्ले संविधान कार्यान्वयनका लागि निर्वाचन अनिवार्य आवश्यकता रहेको बताउनुभयो  । वहाँले औद्योगीक तथा व्यवसायीक वातावरणका लागि बिभिन्न प्रदर्शनी तथा उत्सवहरुले सहयोग गर्ने समेत उल्लेख गर्नु भयो ।

फागुन २९ गते सम्म लाग्ने एक्स्पोमा करिब दुईलाखले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । एक्सपोको मुनाफाले विराटचौक,सलकपुर, हरैंचामा सुविधायुक्त शौचालय बनाउने आयोजकको लक्ष्य रहेको आयोजक समितिका संयोजक भोलेश्वर दुलालले बताउनुभयो ।

कार्यक्रममा मोरङ क्षेत्र नं. ८ का सांसद चन्द्रबहादुर गुरुङ, पूर्वखेलकुद राज्यमन्त्री गोपी अछामी,सांसद अमृत अर्याल, इन्द्रपुर व्यापार संघको संस्थापक अध्यक्ष कृष्णप्रसाद दुलाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम उद्घाटनको क्रममा हेलिकप्टरद्धारा पुष्प गुच्छाले स्वागत गरिएको थियो । कृषि तथा औद्योगिक उद्पादनलाई प्रवद्र्धन गर्न आयोजित एक्स्पोमा दुई सय दशवटा स्टलहरु रहेका छन् । जसमा २१ वटा अटोमोवाईल्स छन्  ।