बिराटचोकमा जारी कोशीहरैचा एक्स्पोमा ७ करोडभन्दा बढीको कारोबार

  • २६ फाल्गुन २०७३, बिहीबार

विराटचोक / बिराटचोकमा जारी कोशी हरैचा एक्स्पो २०७३ मा ७ करोडभन्दा बढीको कारोबार कारोबार भएको छ ।

एक्स्पोको सुरुवाती दिनमा त्यति उत्साह नदेखिए पनि केही दिन यता मेलामा आउने अवलोकन कर्ताको भिड बढेको छ । आज सम्म १ लाख बढीले मेलाको अवलोकन गरि सकेको आयोजक समितिका स्टल ब्यबस्थापक तथा कोशी हरैचा उद्योग बाणिज्य संघका कोषाध्यक्ष हरि कार्कीले जानकारी दिए ।

मेलामा राखिएका हस्तकला, अटो मोबायल्स र नयाँ प्रबिधिको हाते ट्याक्टरमा अवलोकनकर्ताको बढी आकर्षण रहेको कार्कीले बताए । यस्तै मेलामा ३ वटा होन्डाइ, एउटा सुजुकी र एउटा महिन्द्राको गाडी बिक्री भएको र अटो टेम्पो २ वटा, यमहाको १० वटा, रोयल इन्फिल्ट ३ वटा र बजाज, हिरो होन्डा लगायत अन्य ८ वटा गरि २१ वटा मोटरसाइकल बिक्री पनि भएको कार्कीले बताए ।

हेली सिटी र माउन्टेन फ्लाइटमा पनि आकर्षण छ ।’ कार्कीले भने त्यस्तै मेलामा राखिएका हिमाली चौरी गाई, नेपालमा पाइने ७ प्रकारका दुर्लभ चरा र अष्टीज हेर्नेको भिड छ । खाद्य सामाग्रीको बिक्री पनि बढेको उनले उल्लेख गरे ।

अहिले सम्मको कारोबार हेर्दा अनुमान भन्दा बढी कारोबार भएको कार्कीले जानकारी दिए । महोत्सवमा १० देखि १२ करोडको लक्ष्य राखिएको छ भने मुनाफाको रकमले कोशी हरैचा नगर क्षेत्र भित्रका सलकपुर , बिराटचोक, खोर्साने र हरैचामा अत्याधुनिक सार्बजनिक सौचालय निर्माण गरिने कार्कीले बताए ।