अनलाईन प्रबिधिवाट काम हुन थाल्यो मालपोत कार्यालय बेलबारीमा पनि

  • ११ पुष २०७५, बुधबार

मोरङको बेलबारीमा रहेको मालपोत कार्यालयले बुधबारदेखि  अनलाईन प्रबिधिवाट सेवा दिन सुरु गरेको छ ।

बि. सं २०५४ सालमा स्थापना भएको मालपोत कार्यालयले १ सय ४७ औ शाखाका रुपमा अनलाइन  सेवा दिन थालेको हो । एक कार्यक्रमको आयोजना गरी बुधबार अनलाईन प्रविधिको उद्घाटन समेत गरीएको छ । उद्घाटन गर्दै भुमि ब्यबस्थापन तथा अभिलेख बिभागका निर्देशक गोकर्णमणि दवाडीले मालपोत कार्यालयमा आउने गुनासोको अन्त्य हुने बताए ।

दवाडीले कर्मचारीहरुले कमिसन लिने गरेको भन्ने गुनासो समेत अन्त्य हुने उनले बताए । जग्गा सम्बन्धी नक्कली कारोवार गर्नेहरुका दिन गएको भन्दै दवाडीले भने जग्गा धनीको फोटो र फोन नम्बर समेत हुन्छ । उनले लेखापढी ब्यबशायीहरुलाई समेत प्रबिधिमा आउन आग्रह गरे । केहि समयमै बिभागले सम्पुर्ण काम अनलाईन बाट गर्ने बताउदै उनले भने अब केहि बर्षमै हातले लेखेका कागजात हट्छन ।

यस्तै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुबेदीले मालपोत कार्यालयमा हुने ढिलासुस्ति अन्त्य हुनुपर्ने बताए । उनले बिभागलाई कर्मचारीहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै बिभिन्न प्रबधि ल्याउन आग्रह गरे ।

प्रदेश नम्बर १ का झापा मोरङ तथा सुनसरीका मालपोत कार्यालयमा अनलाईन प्रबिधिबाट सुचारु भएका छन् । उक्त प्रबिधिमा जग्गाधनीको फोटो, मोवाईल नम्बर, औठाछाप सहित तिनपुस्ते विवरण हुने मालपोत कार्यालयले जनाएको छ । प्रविधिवाट सेवा सुरु गरेतापनि अहिले नै ढड्डा भने बन्द नहुने कार्यालयले जनाएको छ ।