कृषि मार्फत पहिचान बनाउंदै बेलबारीका वडाहरु, गरिवसंग नगरपालिका कार्यक्रमको कार्यबिधि बन्दै

  • १३ पुष २०७५, शुक्रबार

उत्तम पोख्रेल/ बेलबारी नगरपालिकाका केहि वडाहरुमा उत्पादनमुुुुखी कृृषि मौलाउन थालेको छ ।

वडा नम्बर ८ का अधिकाश घरमा टनेलामा खेति हुन थालेका छन् । उक्त वडा रायोको सागवाट परिचित रहेको छ । धरान ईटहरी विराटनगर तथा स्थानिय बजारमा अहिलेसम्म पनि बेलबारी ८ नम्बरको साग पाईने स्थानिय कमल गौतमले बताए ।

लाखौं  खर्च गरेर बिदेश गएकाहरुले पाठ सिक्ने ठाउं समेत वनिरहको छ वेलबारी ८ ।

बेलबारी बजारसंगै जोडिएको ३ नम्बर वडाले च्याउ खेति उत्पादनको बर्षको रुपमा लिएको छ । टोल विकास संस्थाहरुलाई च्याउ खेतिका लागि तालिम दिन थालेको वडा नम्बर ३ का अध्यक्ष तथा नगरपालिकाका प्रबक्ता योगेन्द्र सुबेदीले बताए ।

बजारसंगै जोडिएले वडामा सवैको धेरै जग्गा नभएपनि  लिजमा जग्गा लिएर खेति गराउने उदेश्य रहेको बताए । बेलबारीका होटलमा च्याउका परिकार पाईन्छ भनेर पहिचान दिन समेत खेजिएको सुवेदीले बताए । मालपोत टोल बिकास संस्थाका अध्यक्ष तथा होटल ब्यबसायी संघका अध्यक्ष मोहन पोख्रेलले आफुहरुले सामुहिक तालिम लिएर च्याउको उत्पादन गर्न थालेको बताए  ।

यस्तै वडा नम्बर ९ लाई मासु उत्पादन जोनका रुपमा बिकास गरिने भएको छ । नगरपालिकाले वडा नम्बर ९ का विपन्न परिवारकाे आर्थिक स्तर सुधार्ने उदेश्यका साथ वाख्राका पाठा खरिद गर्न केही कृषकलाई अनुदान दिएको  छ । ती परिवारलाई बीउ पुंजीका रूपमा मात्र रकम बितरण गरीएको उपमेयर ढाका पराजुलीले बताईन् । ३ दिनसम्म तालिम दिएर उनीहरुलाई वाख्रा पालन ब्यवशायी बनाउने उदेश्यका साथ पहिलो चरणमा अनुदान दिइएको उनले बताइन्  ।  अबको ३ बर्षमा गरीव रहनु हुदैन भन्ने लक्षका साथ सुकुमवासी रहेका एक बस्तीका अधिकांश परिवारलाई नगरपालिकाले कुनै न कुनै अनुदान बितरण गरेको नगरपालिकाले जनाएको छ ।

गरिवी निबारणका लागि गरिवसंग नगरपालिका कार्यक्रम
सम्बृद्ध नगर बनाउनका लागि गरिवसँग नगरपालिका कार्यक्रम ल्याएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । अब केहि दिनमै यो कार्यक्रम जनताको घरमा पुर्याउछौं मेयर सुवेदीले भने ‘अहिले हामी कार्यविधि बनाउने कार्यमा छौं।’