बेलबारी नगरपालिकाबाट दुइ सयभन्दा बढीले लिए २५ हजारको उपचार सहयोग

  • १९ पुष २०७५, बिहीबार

नगरपालिकाले ५ प्रकारका रोगी, विरामीहरुलाई उपचारका लागि प्रतिब्यक्ति २५ हजार रुपैयाँ आर्थिक सहयोग गर्न थालेयता हालसम्म २ सयभन्दा बढीले उपचार सहयोग पाएका छन् ।

गत बर्ष कार्यपालिकाको बैठकबाट क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनलकड इन्जुरी लगायतका रोग लागेका विरामीहरुलाई सहयोग गर्ने निर्णय गरेको थियो  ।
उपचार नपाई कोही पनि थला पर्नु पर्दैन, मेयर सुवेदीलेे भने
आम नागरिकको स्वास्थ्यको पहुँच नपुगेका बस्तीमा नै पुगेर नगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।

महिला, बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य शिविरको आयोजना नगरले गर्ने गरेको छ । । खर्च अभाव भएर तथा उपचार नपाई कोही पनि बिरामी भएर ओछ्यानमा थला पर्न नदिने गरी नगरपालिकाले स्वस्थ्य शिविरको आयोजना गरेको बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । अहिलेसम्म नगरपालिकाले तिन दर्जन भन्दा वढी शिविर गाँउमा गरेको समेत उनले जनाए । शिविर वाट २० हजार भन्दा वढी नगरवासीले सेवा लिएको समेत उनले बताए ।