युवा जागरण अभियानद्वारा डेढ दर्जन विद्यार्थीहरुलाई छात्रबृति प्रदान, नि:शुल्क शिक्षाको माग
- १९ पुष २०७५, बिहीबार
केशु विरही, बेलबारी, माेरङ/ युवा शसक्तिकरणकाे क्षेत्रमा लामाे समयदेखि काम गर्दै अाएकाे संस्था युवा जागरण अभियान नेपालले एक कार्यक्रम गरी राज्यले संंबिधान प्रदत्त गरेकाे मावि तहकाे शिक्षालाई निशूल्क गर्ने निर्णयलाई कार्वान्वयन गर्न अाह्वान गरेकाे छ ।
बेलबारी नगरपालिकामा रहेकाे तमु बाेद्धिष्ठ गुम्बामा कार्यक्रमकाे अायाेजना गरि राज्यले नेपालकाे सम्विधान २०७२ मै उल्लेख भएकाे मावि सम्मकाे शिक्षा निशूल्ककाे घाेषणा कागजी मात्र भएकाेले राज्यलाई सही अर्थमा सम्विधानकाे मर्म बमाेजिम कार्यान्वयन गर्न दवाव दिएकाे हाे ।
युवा जागरण नेपालले अायाेजना गरेकाे “बालबालिकाकाे शैक्षिक अधिकार सुनिश्चितता तथा छात्रवृत्ति वितरण कार्यक्रम” मा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, उद्याेग वाणिज्य संघका महासचिव राजेशजङ्ग कार्की, बेलबारी जेसिसका कार्यकारिणी उपाध्यक्ष राजेन्द्रबहादुर अधिकारी, नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि तथा माेरङ ३ ख का प्रदेशसभा निर्वाचनमा प्रत्यासी ललित श्रेष्ठ, बेलबारी साना सहरी खानेपानी अायाेजनाका अध्यक्ष महेन्द्र सुवेदी, लगायत विभिन्न राजनैतिक पार्टी तथा संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कानुन वनीनसकेका कारणले केही दुविधा रहे पनि कानुनकाे पूर्णतासँगै सबै दुविधाकाे अन्त्य हुनेमा विस्वस्त हुन अाग्रह गरे ।
साथै प्रमुख सुवेदीले युवा जागरण अभियानले पुर्याएकाे याेगदानकाे चर्चा गर्दै संस्थासँग नगरपालिका सहकार्य गरेर अघि बढ्न तयार रहेकाे वताए ।
युवा जागरण अभियानका अध्यक्ष सुजित कुमार बस्नेतले नेपालकाे संविधानमा मावि तह (कक्षा १२ सम्म) काे शिक्षा निशूल्क हुनु पर्ने उल्लेख गरिए पनि सर्वसाधारणहरु अझै पनि माटाे शूल्क तिर्न वाध्य रहेकाे वताए ।
अध्यक्ष बस्नेतले संविधानकाे भावनामूताविक काम गर्न राज्यलाई झकझकाउने उद्देश्यले अाफूहरुले याे कार्यक्रमकाे अायाेजना गरेकाे वताए ।
साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता एवम् वार्ड नं का वाडाध्यक्ष याेगेन्द्र सुवेदी, बेलबारी साना सहरी खानेपानी अायाेजनाका अध्यक्ष महेन्द्र सुवेदी, प्याब्सन बेलबारीका अध्यक्ष भूपाल बस्नेत, नेपाली काङ्ग्रेसका महादिवेसन प्रतिनिधि एवम् माेरङ क्षेत्र नं ३ ख का प्रदेशसभा निर्वाचनका प्रत्यासी ललित श्रेष्ठ लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए ।
साे अवसरमा नगरभरिका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीहरुलाई छात्रविति समेत प्रदान गरिएकाे थियाे ।
कार्यक्रम सुरुहुनुभन्दा अघि र्यालीकाे अायाेजना गरिएकाे थियाे । भगवती माविबाट लिकालिएकाे र्यालि कार्यक्रमस्थलमा पुगेर स्थगित गरिएकाे थियाे ।
“बालबालिकाकाे शैक्षिक अधिकार सुनिश्चित गर, संविधानकाे भावना अनुसार मावि सम्मकाे निशूल्क शिक्षा कार्यानवयन गर” जस्ता नारा लेखिएका प्लेकार्ड बाेकेर विद्यार्थीहरु र्यालीमा सहभागी भएका थिए ।साथै संविधानमा उल्लेख भएकाे माविसम्मकाे निशूल्क शिक्षा सही अर्थमा कार्यान्वयन गर्न नगरप्रमुखमार्फत सरकारलाई ज्ञापन पत्र पनि वुझाउने कार्यक्रम रहेकाे पनि संस्थाले जनाएकाे छ।