झापामा कोरो ढिकुरो गरेरै बाबुको काजकिरियामा बसे छोरीहरु

  • १८ माघ २०७५, शुक्रबार

परम्परागत मान्यता तोड्दै झापाको बिर्तामोडमा तीन  जना छोरीहरु बाबुको काजकिरियामा बसेका छन् ।

साबिक गरामनी गाविसका अध्यक्ष हाल बिर्तामोडका ६२ वर्षीय घिमिरेको मृत्युपछि ३ जना छोरी विञ्जु लुइँटेल, इञ्जु प्रसाइं र सञ्जु सङ्ग्रौला बाबुको काजकिरियामा बसेका हुन् ।

मृतक घिमिरेकी पत्नी चन्द्रकला घिमिरेसहित तिनैजना छोरीहरू कोरो ढिकुरो गरेर नै काजकिरियामा बसेको बिर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले बताए ।