७५ भन्दा बढी विद्यार्थीलाई खाना खुवाउंदै जन्मदिन मनाए निकेशले

  • २९ माघ २०७५, मंगलवार

पछिल्ला समय आफनो जन्म दिन समेत घरमा मनाउन छाडिएको छ । नेतादेखि  जनतासम्मले महंगा महंगा होटलमा मनाउदै आएको जन्म दिन सामाजिक काम गरेर मनाउन थालेका छन्  ।
बेलबारी ३ का युवा निकेश प्रसाईले आफनो जन्म दिन गरिव तथा असाय वालवालिकासंग खुसी साटेर मनाएका छन् । अर्कीट नेपाल नामक सस्थाको सहयोगमा बिभिन्न बिद्यालयहरमा पठन पाठन गरीरहेका वालवालिकाहरुसंग उनले जन्म दिन मनाएका हुन् ।
वालवालिकाहरुसंग दुख सुख साटनका लागि जन्म दिन मनाएको प्रसाईले बताए ।  खिर, मिठाई तथा अन्य खानाका परिकारहरु खुवाएर ७५ जना भन्दा वढि बिद्यार्थीसंग जन्मदिन मनाएको उनले बताए । होटलमा गएर खर्च गर्न भन्दा वालवालिकासंग बर्थडे मनाउंदा धेरै खुशी लागेको उनले बताए ।