पाँचथर बैतडी जोड्ने मध्यपहाडी राजमार्ग निर्माणसंगै बिकशित हुन थाल्यो तेह्रथुम

  • २ फाल्गुन २०७५, बिहीबार

तुलसी राम धमला तेह्रथुम / पुर्वी पहाडी जिल्ला तेह्रथुममा राष्ट्रिय गौरवको आयाेजना मध्यपहाडी लाेकमार्ग निर्माणले तिब्रता पाएसगै जिल्लामा विकासले गति लिएको छ ।
पाँचथरकाे चियाेभन्जयाङ्देखि बैतडी जिल्लाकाे झुलाघाट सम्म १७ सय ७६ किलोमिटर लम्बाईकाे याे सडकले तेह्रथुमलाई छुने भएसंगै तेेेह्रथुम आर्थिक समृद्धि तर्फ धकेलिएको छ । राजमार्गकाे विस्तार सगै पुर्वी पहाडी दुर्गम जिल्ला तेह्रथुम सुगम जस्तै हुन थालेको छ ।
सडक निर्माण भएपछि पुराना बजार नयाँ हुन थालेका छन । राजमार्ग अासपासका क्षेत्रमा सहर बिस्तार हुन थालेको छ । सडक बिस्तार भएपछि गाउँकाे मुहार फेरिएको छ । सडक अासपासका क्षेत्र हरुमा सहरिकरण भई पुराना बजारहरुमा ठुला ठुला पक्की घरहरु निर्माण हुन थालेका छन ।
साे क्षेत्रका बासिन्दाहरुले सडककाे अासपास घर बनाउन थालेपछि सहरिकरण बढ्दै गएकाे सक्रान्ति बजार निवासी बासु बरालले बताउनु भयाे ।
लाेकमार्गले छाेएकाे ब्यापारीक केन्द्रहरुमा अाठराईकाे चुहानडाँडा , सक्रान्ति बजार, हलिमेला , जिल्ला सदरमुकाम म्याङ्लुङ , जिरिखिम्ति , बसन्तपुर रहेका छन । तेह्रथुमको बसन्तपुर नमुना सहरकाे रुपमा अगाडि बढेकाे छ ।
सडक सञ्जालले दैनिक उपभाेग्य सामाग्रीहरु ढुवानी गर्न सहज भएकाे आठराई चुहानडाँडाका प्रकाश बास्काेटाले बताउनु भयाे ।
सडक आसपासका हाेटल व्यावसाय फस्टाएको छ । गाउँ गाउँमा सडक सञ्जाल सगै अावत जावतमा सहज भएको छ । स्थानीय स्तरमा उत्पादित अदुवा , अम्लिसाे ,सुन्तला तथा काठकाे गाेलिया लगायत वस्तुहरु विक्री गर्न समेत सहज भएकाे छ ।
स्थानीय उत्पादनले बजार पाएपछि साे क्षेत्रका बासिन्दाकाे आय आर्जनमा बृद्धि भई जीवन स्तरमा समेत परिवर्तन  आउन थालेको बताइएको छ ।