भाउन्नेमा दुई करोड लागतमा ३३ बिघाको पार्क बन्दै, अन्तर्राष्ट्रिय मुर्तिकला कार्यशाला उद्घाटन
उद्घाटनमा तामझाम र भाषणबाजी नै बढी
- ४ फाल्गुन २०७५, शनिबार
केशु विरही, बेलबारी, माेरङ /मोरङको बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेस्थित सिर्जना सामुदायिक वनभित्र ३३ विगाहा क्षेेेत्रफलमा बन्ने सृजना पार्कको निर्माण शुरु भएको छ ।
पुर्व पश्चिम राजमार्गछेउमा झण्डै २ करोड लागतमा पाँच बर्षभित्र बनिसक्ने पार्कको गुरुयोजना अन्तरगत मुर्तिकला कार्यशालाकाे बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले शनिबार एक कार्यक्रमविच उद्घाटन गरेका छन् ।
पार्क निर्माणको पहिलो चरण अन्तरगत पार्कभित्र रहने ढुंगाका मुर्तिहरुको निर्माणका लागि नेपाल, भारत, वङ्गलादेश, पाकिस्तान, जर्मनी, ईटली लगायतका विभिन्न देशका मुर्तिकारहरुको सहभागितामा अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएकाे छ । मुर्तिकला कार्यशाला दुई तीन हप्तासम्म चल्ने र मुर्तिकारहरुले आ-आफ्नै अवधारणा अनुसार आधुनिक प्रकारका विभिन्न मुर्तिहरु बनाउने बेलबारी १० का वडाध्यक्ष गंंगा याख्खाले बताए ।
साे १८ दिनसम्म चल्ने मुर्तिकला कार्यशालामा ४०/४२ वटा मूर्तिहरु निर्माण हुने सिर्जना पार्क निर्माण उपभाेक्ता समितिका सचिव शंकर गुरुङले बताए । उनका अनुसार याे सृजना पार्क निर्माणका लागि १ कराेड ८० लाखकाे वजेट अनुमान गरिएकाे छ ।
साे अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाकाे उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रवक्ता याेगेन्द्र सुवेदी, बेलबारी नगरकार्यपालिका सदस्यहरु, धनु आर्ट स्टुटुडियाेका अध्यक्ष ललितकला प्रज्ञा प्रतिस्ष्ठानका मूर्तिकला बिभाग प्रमुख तथा मुर्तिकला कार्यशालाका संयोजक धनु याख्खा, पार्क निर्माण उपभाेक्ता समितिका अध्यक्ष जांचमान याख्खा, नेकपाका प्रदेश सदस्य गीता तिम्सिना, नेकाका मानबहादुर लिम्बू लगायत विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका मुुुर्तिकारहरुको सहभागिता थियाे ।
प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले मूर्तिकला कार्यशालाले सिर्जना पार्ककाे साैन्दर्यतालाई थप वढावा दिने र सामुदायिक वनभित्र वन्न लागेकाे पार्कले यसक्षेत्रकाे पर्यटन विकासमा टेवा पुर्याउने आशा गरे ।
प्रमुख अथिति सुवेदीले नगरकै प्रतिष्ठा जाेडिएकाे पार्ककाे निर्माणमा नगरकाे पूर्ण सहयाेग रहने प्रतिवद्धता पनि जाहेर गरेका थिए ।
निर्माणाधिन पार्क सिर्जना सामुदायिक वनकाे ३३ विगाहा क्षेत्रफलमा फैलिएकाे छ । प्रदेश सरकार, बेलबारी नगरपालिका, सृजना सामुदायिक वन, संघ संस्था तथा व्यापारी ब्यवशायी र स्थानीय बासिन्दाको सहयाेगमा पाँच बर्षभित्र १ कराेड ८० लाखकाे लागतमा ४०/४२ वटा मूर्तिहरु सहितको पार्क निर्माण हुने सिर्जना पार्क निर्माण समितिले वताएकाे छ ।
पुर्वका मुर्तिकारहरु असन्तुष्ट
यद्यपी पुर्वी नेपालमै रहेका केही मुर्तिकारहरु भने आफुहरुलाइ थाहासम्म नदिई कार्यशाला उद्घाटन गरिएकोमा असन्तुष्ट बनेका छन् । इटहरीमा रहेका मुर्तिकार बिक्रमश्रीले सामाजिक संजालमै असन्तुष्टि पोखेका छन् भने लेटाङमा रहेका अर्का मुर्तिकार नवीन सुवेदीले आफुलाइ सो बारे कुनै जानकारी नभएको बताएका छन् ।
तामझाम अनावस्यक भएकाे स्थानीयकाे आराेप
कार्यशाला उद्घाटन कार्यक्रममा विभिन्न विद्यालयबाट ल्याईएका विद्यार्थीहरुका साथै स्थानीयहरुकाे उल्लेख्य संख्यामा उपस्थिति थियाे । विद्यालयका स-साना नानीहरुलाई सार्जनिक विदाका दिन पनि विद्यालय पाेषाकमै ११ वजेदेखि कार्यक्रमकाे अन्त्यसम्म उभ्याईएका थिए ।
साे अवसरमा थारु, धिमाल, याख्खा लगायत विभिन्न जातीय झलक दिने झाँकीहरु पनि प्रस्तुत गरिएका थिए ।
महत्वपुर्ण कार्यक्रम भए पनि वेलामा कार्यक्रम सुरु नगरी ताेकिएकाे समयभन्दा धेरै ढिला सुरु गर्दा र घण्टाैंसम्म भाषण गरिंदा उपस्थित भएका स्थानीयहरु आजित देखिन्थे ।
उद्घाटनमै यसरी तामझाम गर्नु भन्दा अहिले प्रमुख अतिथिकाे हातबाट उद्घाटन गराएर कार्यशालाकाे समाप्तिपछि औपचारिक कार्यक्रम गरिएकाे भए वेस हुनेथियाे भन्ने निश्कर्ष धेरैले निकालेका थिए ।