भत्किएको घरमा बोराले बारेर बस्दै आएका वृद्धलाई बेलबारीका युवाहरुले बनाइदिए घर

  • ४ फाल्गुन २०७५, शनिबार

केशु विरही, बेलबारी, मोरङ / काेहि नहुनेका लागि भगवान हुन्छन भन्ने उखान बेलबारी -४ सखुवाटाेलीका ७५ वर्षीय कदमलाल खवासका लागि चरितार्थ भएकाे छ ।

विगत लामो समयदेखि भत्किएको घरको लाछीमा बोराले बारेर बस्दै आएका वृद्ध खवासलाई स्थानीयले घर निर्माण गरिदिएका छन् । विगत ३ वर्षदेखि भत्किएर खण्डहरमा परिणत भैसकेको घरको लाछिमा बोराले बारेर बसिरहेको अवस्थामा केही दिन अघि मात्र स्थानीयकाे पहलमा उनलाई उद्धार गरिएकाे थियाे ।

बेलबारी नगरपालिका वार्ड नं ४ मा हालसालै गठन भएकाे सखुवाटाेली युवा समाजमा आवद्ध युवाहरु र युवा जागरण अभियान नेपालकाे संयुक्त पहलमा घर निर्माण गरिदिएका हुन् ।

९ वर्ष अघि वृद्धा खवासकी श्रीमतिकाे मृत्यु भएकाे थियाे । श्रीमतीकाे मृत्यु पश्चात उनी नितान्त एक्लै वने । तीन वर्षदेखि बस्दै अाएकाे घर पनि भत्किएर वस्नै नहुने भयाे । तै पनि कहि जाने ठाउँकाे अभावमा उनी खढ्डहर भएकै घर छाड्न सकेनन् ।

त्यहि खण्डहरभित्र कारुणिक जीवन विताईरहेका खवासलाई स्थानीयले घर वनाईदिए पछि केही राहातकाे मिलेकाे छ । स्थानीयले उनलाई अावस्यक पर्ने सामग्री समेत उपलव्ध गराई दिएका छन् ।

निसन्तान खवासका नजिकका काेहि आफन्त पनि छैनन् । भएका आफन्त पनि उनकाे सहयाेगभन्दा पनि उनीबाट केही पाईन्छ कि भन्ने ध्याउन्नमा रहेकाे देखिन्छन् । नगरपालिकाले घर वनाउन दिएकाे रु ५ हजार र उनले पाउने वृद्ध भत्ता समेत अफ्नै लागि खर्च गर्नुलाई  त्यसकाे एउटा गतिलाे प्रमाण मान्न सकिन्छ ।

त्यसाे त उनी लामाे समयदेखि त्यतिकै विरामी पनि छन् । स्थानीयले केहिदिन उद्धार गर्दा उनी ज्वराेले थला परेका देखिन्थे तर अहिले उनलाई ज्वराे भने देखिदैन । तै पनि उनी निकाे भने भएका छैनन् ।

स्थानीयहरुले बस्ने घर त भयाे अब उनकाे उपचार गर्न पाए हुन्थ्याे भन्ने ठानेका छन् । केहि दिन वृद्धाकाे वासस्थान निर्माणमा व्यस्त भए पनि अब आफूहरु उनकाे उपचारमा लाग्ने स्थानीय चन्द्र लिम्बू वताउँछन् । उनी भन्छन – उनलाई पहिलाे वस्ने अावासकाे समस्या थियाे त्याे समस्या अब हल भएकाे छ । अब हामी उनकाे उपचारमा लाग्छाैँ । नाेवेल मेडिकल अस्पतालकाे सहयाेगमा उनकाे निशूल्क उपचार गराउन आफूले पहल गरिरहेकाे लिम्बुले वताए ।

यस्ता आफन्त नहुनेका लागि नगरपालिकाले अभिभावकत्वको भूभिका निभाउनु पर्ने युवा जागरण नेपालका अध्यक्ष सुजित बस्नेत वताउँछन । तर नगरपालिकाले त्याे भूमिका निभाउन नसकेकाे उनकाे आराेप छ ।