नेपालमै छ छुट : कार्यालयमै कुटिए बेलबारी नगरपालिकाका कर्मचारी, पुर्व प्रधानपञ्च पक्राउ

  • ७ फाल्गुन २०७५, मंगलवार

नेकपा कार्यकर्ता तथा पुर्व प्रधानपञ्च असित राइले बेलबारी नगरपालिका वडा नम्बर  ४ को वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीलाई कुटपिट गरेका छन् ।

बेलबारी ४ बुधबारेस्थित वडा कार्यालयमा आफ्ना साला गोबर्धन राइको लागि बसाइँ सराइको कागजात बनाइदिन पुगेका राइले मंगलबार कार्कीलाई हातपात गरेका थिए । गोबर्धनको बसाइँ सराइको कागजात लिन खोज्दा गोबर्धनकी जेठी श्रीमति गोमा राइ आएर आफुले पाउनुपर्ने पेन्सन छल्नको लागि बनाउन खोजिएको बसाइँ सराइको कागज च्यातिदिएपछि भएको बिवादमा कार्यालय सहयोगी कार्की पिटिएका थिए  ।

कागज बनाउन खोज्दा खोज्दै बसाइँ सराइ गर्न खोज्ने ब्यक्ति गोबर्धनकी जेठी श्रीमती गोमा आइपुगेपछि कर्मचारीले गोमालाई बोलाएको आशंकामा राइले हातपात गरेका थिए । हातपात गरेपछि कार्यालय सहयोगी कार्की बाहिर निस्केका थिए । उनी बाहिर निस्केपछि त्यहीँ रहेकी गोबर्धनकी श्रीमती गोमालाइ  समेत उनले कुटपिट गरेका थिए । गोमाले नाताले श्रीमानको भिनाजु पर्ने असितले छातिमा लात्तीले हानेको बताइन् ।

बेलबारी नगरपालिका वडा नम्बर ४ का वडा सचिव लिला रिमालले कार्यालयमा कार्यरत कर्मचारीमाथि हातपात हुनु अत्यन्त दुखद भएको बताए ।

कुटपिट गर्ने राइलाइ प्रहरीले पक्राउ गरेको छ । राई विरुद्ध गोबर्धनकी जेठी श्रीमती गोमा र बेलबारी ४ वडा कार्यालयका कार्यालय सहयोगी होम कार्कीले छुट्टाछुट्टै उजुरी दिएको र त्यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

राई पन्चायत कालमा तत्कालीन बेलबारी गाउँ पन्चायतका  प्रधानपन्च समेत भएका थिए ।  पुर्व प्रधानपन्च राई स्थानीय तहको निर्वाचनअघि नेकपामा प्रवेश गरेका थिए । राइ उनी यस अघि यस्ता बिवादमा नपरेका ब्यक्ति भएको  स्थानीयबासी बताउँछन् ।