ताप्लेजुङमा हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री रबिन्द्र अधिकारी सहित सातजनाको मृत्यु

  • १५ फाल्गुन २०७५, बुधबार

तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सातै जनाएको निधन भएको छ।
  दुर्घटनामा परेर पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण (क्यान) का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका पिएसओ अर्जुन गुरुङ, क्यानका ध्रुब भोचिभैया र क्याप्टेन प्रभाकर केसीको निधन भएको हो।
घटनास्थलमा प्रहरी पुगिसकेको र पाँच जनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुममा विमानस्थल सम्भाव्यता अध्ययनका लागि गएको थियो ।  दुर्घटनाको खबर पाउने बित्तिकै  उद्धारका लागि काठमाडौंबाट हेलिकप्टर गएको थियो। खराब मौसमका कारण उद्दारमा कठिनाइ भए पनि ४ जनाको क्षत बिक्षत शब ताप्लेजुङबाट सुकेेेटार बिमानस्थलसम्म ल्याइएको छ । नेपाल सरकार मन्त्रीपरिसदको बुधबार बसेको आकस्मिक बैठकले मन्त्री अधिकारी सहितको सम्मानमा बिहीबार सार्वजनिक बिदा दिने र राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।