भाउन्नेस्थित सृजना पार्कमा घुमे प्रचण्ड, मुर्ति हेर्दै भने ‘ढुंगाबाट पनि सम्बृद्धि आउँदोरहेछ’

  • २१ फाल्गुन २०७५, मंगलवार

नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको बेलबारी वडा नम्बर १० स्थित भाउन्नेमा निर्माणाधीन सृर्जना पार्क तथा मुर्तिहरुको अवलोकन गरेका छन ।

नेपाल सहित अन्य ६ देशका कलाकारहरुले निर्माण गरेका ढुंगाका कलात्मक आकृर्ती मुर्तिहरु हेर्दै प्रचण्डले  पार्कको समेत जानकारी लिएका छन्  । ढुंगाबाट समेत सम्बृद्धि आउदो रहेछ भन्दै उनले ढुंगाका विभिन्न कलात्मक आकृर्तीसँग फोटो समेत खिचेका छन् । उनले पार्कलाई प्राकृतिक (नेचुरल) खालको बनाउन सुझाव दिएका छन्  ।

भाउन्नेमा नेपाल सहित  नेपाल सहित भारत, जापान,जर्मन, बंगालादेश, ईटाली लगायत ६ देशका ४२ जना कलाकारले ढुंगाका मुर्ति बनाई रहेका छन्  ।  मुर्ति बनाउनेमा जापानका नोरियो ताकाओका, भारतका अनुप गुप्ता,जर्मनीका पिटर हार्गेट, बंगलादेशका अभिजित कान्ति दास र इटालीका महिला मुर्तिकार माकि नारामुरा, नेपाली मुर्तिकारहरू सुनिता राना, राजन काफ्ले ,सुदर्शन विक्रम राणा लगायतले मुर्ती वनाईरका छन ।