मेयरले उद्घाटन गरेको अन्तराष्ट्रिय मूर्तिकला कार्यशालाको कानुनमन्त्रीले गरे समापन
- २१ फाल्गुन २०७५, मंगलवार
केशु विरही, बेलबारी, माेरङ/ विगत १८ दिनदेखि बेलबारीमा जारी “सृजना अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला – २०७५” समापन भएकाे छ ।
संघीय सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकालले मंगलबार एक कार्यक्रमविच साे कार्यशालाकाे समापन गरेका हुन् ।
समापन कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, नेपाल सरकारका पूर्व मन्त्री गाेपी अछामी, बेलबारी नगरकार्यपालिका सदस्यहरु, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका पुर्व प्रमुख तथा कार्यशालाका संयाेजक धनु याक्खा, चर्चित गायक यम बराल लगायत विभिन्न राजनैतिक पार्टी तथा संघ संस्थाहरुका प्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।
समापन कार्यक्रमलाई माेरङ क्षेत्र नं ३ का प्रतिनिधिसभा सांसद समेत रहेका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल र बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले सम्बाेधन गरेका थिए ।
दुवैजनाले कार्यशाला सफल रुपमा सम्पन्न गरेकाेमा वधाई तथा शुभकामना दिएका थिए । साथै उनीहरुले आ- आफ्नाे क्षेत्रबाट पार्कलाई पूर्ण सहयाेग गर्ने वचनवद्धता पनि व्यक्त गरे ।
साे कार्यक्रममा कार्यशालामा सहभागी भएर कलात्मक मूर्ति निर्माण गर्ने कलाकारहरुलाई सम्मान गरिएकाे थियाे ।
सिर्जना सामुदायिक वनक्षेत्रभित्रकाे ३३ विगाहा क्षेत्रफलमा १ कराेड ८० लाखकाे लगानीमा नेपाल, भारत, जर्मन, ईटाली लगायतका देशका कलाकारहरुद्वारा विभिन्न कलात्मक मूर्तिहरु निर्माण गरिएका छन् ।
मर्यदाक्रमकाे वास्तै नगरी कार्यक्रम संचालन
पछिल्लाे समयमा संचालन हुने कार्यक्रममा मर्यदाक्रमकाे वारेमा त्यति ख्याल गरिएकाे पाईन्न । आयाेजकले कुनै कार्यक्रममा आमन्त्रण गर्दादेखि लिएर अतिथिकाे आसनग्रहण गराउंँदा मर्यदाक्रमलाई ख्याल पुर्याउनु पर्नेमा समापन कार्यक्रममा त्यस्ताे गरेकाे पाइएन ।
फागुन ४ गते बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा रहेकाे सृजना सामुदायिक वनभित्र निर्माणाधिन सृजना पार्कभित्र “सृजना अन्तराष्ट्रिय मूर्तिकला कार्यशाला”काे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्धाटन गरेका थिए । कार्यक्रमकाे फागुन २१ गतेकाे समापन कार्यक्रममा संघीय सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई बाेलाईयाे र उनकाे हातबाट समापन गराईयाे ।
नगरपालिकाका प्रमुखले उद्घाटन गरेकाे साेही कार्यक्रमकाे समापन सत्रकाे संघीय सरकारका मन्त्रीलाई प्रमुख अतिथिकाे रुपमा वाेलाउनुले आयाेजकले मर्यादाक्रमकाे ख्याल नगरेकाे टिप्पणी कतिपयले गरेका छन् ।
संघीय सरकारका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाल स्वयंले सार्वजनिक पद धारण गरेपछि मर्यादाक्रमकाे मात्र ख्याल गरेर नहुने बताउंँदै घुमाउरो शैलीमा असन्तुष्टि व्यक्त समेत गरेका छन् । कानुनकाे रखवारी गर्ने र गराउने जिम्मा लिएका कानुन मन्त्री सहभागी भएकाे कार्यक्रममा यस्ताे हुनु शोभनीय नहुने जानकारहरु वताउंँछन् ।
यसअघि पनि बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे जनता माविकाे ५० औं स्वर्ण महाेत्सव समापन तथा ५१ वार्षिक अभिभावक दिवस नगरप्रमुखबाट उद्घाटन गरिएकाे थियो । समापन कार्यक्रममा भने प्रदेससभा सांसद राजकुमार ओझालाई बाेलाईयाे । मेयरले उद्घाटन गरेकाे कार्यक्रमकाे दाेश्राे सत्रमा आफूलाई बाेलाएकाे भनेर प्रदेससभा सांसद राजकुमार ओझाकाे आयाेजकसँग चर्काचर्की नै भएकाे थियाे । उनले आयोजकलाई मर्यादा ख्याल गर्न आग्रह गरेका थिए । कार्यक्रमकाे आयाेजना गर्दा वा अतिथि वाेलाउंँदा मर्यादाक्रमलाई ख्याल दिनुपर्ने उनले सुझाव समेत दिएका थिए ।
यी त प्रतिनिधि घटना मात्र हुन । यस्ता थुप्रै घटना छन जहाँ मर्यादाक्रमलाई ख्याल गरिएकाे देखिन्न ।