भाउन्नेस्थित सृजना पार्कमा नेताहरूको लर्को, आए देउवासहित आधा दर्जन कांग्रेसी नेता पनि

  • २९ फाल्गुन २०७५, बुधबार

विवेक मिश्र, बेलबारी मोरङ / मोरङको बेलबारी १० भाउन्ने स्थीत पुर्व पश्चिम राजमार्ग संगै रहेको सृजना सामुदायीक वन क्षेत्रमा रहेको सृजना पार्कमा केहि दिनदेखि राष्ट्रिय स्तरका शिर्ष नेताहरुद्धारा पार्कको अवलोकन गर्ने क्रम बढेको छ ।

बुधवार नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादर देउवा, कांग्रेसका नेताहरु विजय कुमार गच्छदार, डा. प्रकासशरण महत, विमलेन्द्र निधी, पुर्ण बहादुर खड्का, रामहरी खतिवडा लगायतले उक्त पार्कको अवलोकन गरेका छन् ।

अवलोकनकै क्रममा ढुंगामा विभिन्न आकृतिले सजिएको सृजना पार्क पुर्वी नेपालको राम्रो पर्यटकिय गन्तव्य बन्न सक्ने देउवाले बताए । पार्कमा फागुन ४ गतेदेखि २१ गतेसम्म चलेको अन्तराष्ट्रिय मुर्तिकला कार्यशालामा नेपाल सहित छ देशमा मुर्तिकारले ढुंगामा आफ्नो कला प्रस्तुत गरेर मुर्तिहरु निर्माण गरेका छन् ।

उक्त कार्यशाला सञ्चालन भएयता  पुर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड, संघीय मामिला तथा कानुन  मन्त्री भानुभक्त ढकाल, १ नम्बर प्रदेशका  मुख्यमन्त्री शेरधन राई, प्रदेशका अन्य मन्त्रीहरु लगायतले अवलोकन गरिसकेका छन् ।

सृजना सामुदायिक वन उपभोक्ता समितिको ३३ विगाहा जग्गामा पार्क निर्माण गर्न थालिएको हो । नेपाल सहित भारत, जापान,जर्मन, बंगालादेश, ईटालि लगायत देशका ४२ जना कलाकारले ५० वटा मुर्ती बनाई सकेका छन ।