बेलबारीस्थित पुर्व पश्चिम राजमार्गमै भेटियो शक्तिशाली बम, पुर्व नै आतंकित

  • ३० फाल्गुन २०७५, बिहीबार

बिप्लब नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले  मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुलको पश्चिमपट्टी महेन्द्र राजमार्गको बिच भागमा कुकर बम राखेका छन् ।
नेेपाल बन्द घोषणा गरिएको दिन बिहीबार  दिउँसो करिब डेढ बजेेेेतिर सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन् । बम राख्नेेहरुले यात्रुहरुलाई राजमार्गमा बम राखिएले त्यहाँ नजान भनेको र त्यसपछि जंंगलतिर भागेेको  गप्रत्यक्षदर्शीले बताएका छन्  ।
सडकको बिचमा कुकर बमलाई रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडी कार्यकर्ताहरु जंगल पसेका थिए । सोही ठाँउमा ईलाका प्रहरी कार्यलय बेलबारीको टोली,पथरीको टोली घटनास्थलमा पुगेपनि राजमार्ग धेरैबेर अबरुद्ध भयो  ।

सो क्षेत्रमा बम जस्तै शंकास्पद बस्तु फेला परेको र नेपाली सेनाको  प्राबिधिक टोलीलाई खबर गरी डिस्पोजको प्रक्रिया अगाडि बढाइएको  इलाका प्रहरी कार्यालय बेलबारीका  प्रहरी निरीक्षक रामकुमार राइले बताए ।