सप्तकोसीमा ब्यबशायिक रूपमै चल्नेभो सुन्दरहरैचामा बनेकाे मिनि जेटबाेट
- १८ चैत्र २०७५, सोमबार
माेरङकाे सुन्दरहरैचामा बनेकाे नेपालकै पहिलाे मिनि जेटबाेटकाे शनिबार सप्तकाेशीमा सफल परिक्षण गरिएकाे छ ।
नेपाली इञ्जिनियरहरूकाे अथक प्रयास र कडा मेहनतले करीब ६ महिना लगाएर निर्माण सम्पन्न गरिएकाे ३० सिटे मिनि पानी जहाजकाे शनिबार बिहान सप्तकाेशीमा सफल परिक्षण भएकाे हाे ।
२ कराेडकाे लागतमा निर्माण सम्पन्न भएकाे उक्त मिनि पानीजहाजलाइ सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिले नियमित रूपमा सञ्चालनमा ल्याउने भएकाे छ । सुन्दरहरैचाकाे जय लक्ष्मी फाइबर उद्याेग बलिया र GDS फाइबर वर्ल्ड बिराटनगरकाे सहकार्यमा सो बोट निर्माण गरिएकाे हाे ।
सगरमाथाको उचाइको नाममा माउन्ट ८८४८ मिटर नाम दिइएकाे उक्त जेट बाेट सञ्चालन भएसंगै अब नियमित काेशीमा ५ वटा जेटबाेट सञ्चालन हुने भएका छन ।
भारत लगायत अन्य छिमेकी मुलुकहरूबाट भित्रिएका अन्य बाेटहरू भन्दा परिक्षण गरिएकाे बाेट अरुभन्दा फरक क्षमताकाे रहेका सप्तकोशी टुरिजम एण्ड वाटर ट्रान्सपोर्टेसन प्रालिका सञ्चालक राजेन्द्र कार्कीले बताए ।