हावा हुण्डरी पीडितको लागि राहत संकलन गर्न जुटे बेलबारीका संघसंस्था

  • २२ चैत्र २०७५, शुक्रबार

बारा र पर्सा जिल्लामा गत आईतबार साँझ आएको हावाहुरीबाट प्रभावित भएकाहरुलाई सहयोग गर्न बेलबारीका सामाजिक संघसंस्थाहरु एकजुट भई राहत संकलनमा जुटेका छन ।
बुधबार प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीको हलमा बेलबारीका संघसंस्थाहरुले सामुहिक रुपमा सहयोग संकलन गरी शनिबार त्यस ठाँउमा जाने निर्णय गरे अनुसार बिहिबार बजार क्षेत्रमा राहत संकलन गरिएको छ भने शुक्रबार समेत राहत संकलन गर्ने प्रस्तावित उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष योगेन्द्र सुवदीले बताए ।

उद्योग बाणिज्य संघ,बेलबारी जेसिज,सामुदायिक बिद्यालय,निजि बिद्यालय,सामुदायिक बन,सहकारी संस्थाहरु ,बेलबारीका पत्रकारहरु लगायत बिभिन्न संघसंस्थाहरु सहयोग संकलनमा जुटेका छन । एक दुई दिनभित्र संकलित राहत प्रभावित क्षेत्रमा पठाइने अभियन्ताहरुले बताएका छन् ।