बिराटनगरमा संचालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाइ सास्ती

  • ४ बैशाख २०७६, बुधबार

विगतमा डिग्री क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे प्राईभेट अन्तरगतकाे राजनीति शास्त्र  र महेन्द्र माेरङ क्याम्पस विराटनगरमा संचालन हुँदै आएकाे एम पि ए  काे परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएपछि परीक्षार्थीहरु मर्कामा परेका छन् ।

देश संघियतामा गइसकेकाे अबस्थामा परीक्षा अझै बिकेन्दित हुनुपर्नेमा केन्द्रीकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् ।  त्रिवि अन्तरगतकाे प्राज्ञिक परिषदमा रहेका व्यक्तिहरुकाे मनोमानीका कारण  साेचमा अझैसम्म पनि  पुरानै केन्द्रियतावादी धङधङी रहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

मोरङमा प्राईभेट परीक्षाका लागि फम भरेर परीक्षाकाे तयारी गरिरहेका  विद्यार्थीहरु “प्राईभेट परीक्षाकाे केन्द्र काठमाण्डाैमा सारिएकाे छ, त्रिविकाे याे कस्ताे निर्णय हाे, जनताले सुविधा पाएनन् भनेर देशमा संघियता आएकाे हाे । तर यहाँ त सुविधा पाउनु भन्दा पनि भएकाे सुविधा पनि खाेसियाे ” भन्दै दुखित भएका छन् ।

परीक्षा दिने  विद्यार्थीहरुले स्नातकाेत्तर क्याम्पस विराटनगर र महेन्द्र माेरङ क्याम्पसले डिग्रीकाे परीक्षा संचालन गर्न नसक्नुको कारणबारे प्रश्न गर्दै  त्रिविकाे निर्णय सच्याउने पहल गरिदिन मिडियाकर्मी र सराेकारवाला निकायसँग आग्रह समेत गरेका छन् ।   विद्यार्थी सङ्गठनहरु समेत यसबारे मौन छन् ।  त्रिभुवन बिश्व विद्यालयले समेत परीक्षा काठमाडौंंमा सार्नुपर्ने कारणबारे केही बताएको छैन ।

साथै त्रिविकाे यस्ताे निर्णयकाे विरुद्धमा माैन बसेकाेमा विद्यार्थी संगठनप्रति पनि उनीहरु रुष्ट वनेका छन् ।