देशभर दुई सयभन्दा बढी प्राथमिक अस्पताल थपिदै, पूर्वमा कहाँ कहाँ बन्ने भए अस्पताल ?

  • ५ बैशाख २०७६, बिहीबार

सरकारले ५ वर्षभित्र प्रत्येक स्थानीय तहमा कम्तीमा १५ शय्याको प्राथमिक अस्पताल बनाउने नीतिअनुसार चालू आर्थिक वर्षमा मुलुकभर २ सय १३ स्थानीय तहमा  प्राथमिक अस्पताल बन्ने भएका छन्  ।

स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय नीतिगत निर्णय गरी स्तरोन्नति हुने स्वास्थ्यसंस्थाको नामसहित प्रक्रिया अघि बढाएको हो । जस अनुसार प्रदेश १ मा पनि चार दर्जन स्थानीय तहमा प्राथमिक अस्पताल बन्ने भएका छन् ।

योजना अनुसार हाल रहेका प्राथमिक स्वास्थ्य केन्द्र (पिएचसी) र स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल बनाइने छ । प्राथमिक स्वास्थ्यकेन्द्र भएका ठाउँमा प्राथमिक स्वास्थ्यकेन्द्रलाई र नभएका ठाउँमा स्थानीय तहले सिफारिस गरेको स्वास्थ्य संस्थालाई अस्पतालमा स्तरोन्नति गरिने बताइएको छ ।

नीतिगत निर्णयसँगै अस्पताल सञ्चालनका लागि संघ र स्थानीय तहको दायित्व के–कति हुने र कति दरबन्दी हुने भन्ने विषयसमेत टुंगो लगाउन बाँकी छ ।

सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ५ वर्षभित्र सबै स्थानीय तहमा न्यूनतम १५ शय्याको अस्पताल निर्माण गर्ने उल्लेख गरेको थियो । हाल मुलुकभर १ सय ९ स्थानीय तहमा मात्र अस्पताल छन् । सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि ५ वर्षभित्र थप ६ सय ४४ स्थानीय तहमा अस्पताल बनाइ सक्नुपर्नेछ ।

स्थानीय तहको सिफारिस, जनघनत्व, बहिरंगसेवाको चाप, अन्य अस्पतालसँगको दूरीजस्ता विषयलाई आधार बनाएर अस्पताल बन्ने स्थानको टुंगो लगाइएको छ । १५ शय्याको प्राथमिक अस्पतालबाट आधारभूत स्वास्थ्य सेवातर्फ  बहिरंग सेवा, इन्डोर सेवा, प्रयोगशाला, २४ सै घण्टा आकस्मिक सेवालगायत सेवा उपलब्ध हुनेछन् ।

यी हुन् प्रदेश १ मा बन्न लागेका प्राथमिक अस्पतालहरु

त्यसबााहेक प्रदेश १ मै धनकुटाको पाख्रीबास, भोजपुरको टेम्के मैयु, खोटाङको  दिपुङ र हलेसी तावाचुङ, मोरङको जहदा, सुनसरीको बराहक्षेत्र र रामधुनी र सोलुखुम्बुको महाकुलुङ जस्ता स्थानीय तहहरुमा समेत प्राथमिक अस्पताल बन्नेछन् ।