जिल्लाकै असुरक्षित क्षेत्र बन्दै पथरी, तीन महिनामा ६ जनाको हत्या

  • ९ बैशाख २०७६, सोमबार

मोरङको पथरीशनिश्चरे नगरपालिका पछिल्लो समय जिल्लाकै असुरक्षित क्षेत्र बन्न थालेको छ ।

तीन महिनाभित्र छैटौं हत्याको रूपमा शनिबार  रिना बस्नेतको शब नग्न अबस्थामा भेटिएपछि पथरी असुरक्षित देखिएको हो ।

पथरीमा बजारमा बिगत ९/१० बर्ष देखि डेरा बसेर कस्मेटिक पसल चलाउदै आएकी बस्नेतको शनिवार बिहान नग्न शरिर मृत्यू अवस्थामा मर्निङ वाक गर्नेहरुले देखी प्रहरीलाई खवर गरेका थिए ।

उनी अघिल्लो दिन पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । रुपा १३ बर्षीय छोरा साइमन संग डेरामा बस्दै आइकी थिइन । आमा र छोरा रातको १२ बजे सम्म मोवाईल चलाउदै बसेको छोरा साइमन बस्नेत बताउछन्।

मृतक बस्नेतको शव नग्न अवस्थामा घोप्टो परेको र शवमा रगत पनि बगेको अवस्थामा थियो । तर, मृतकको कपडा भने उनकै कोठामा भेटिएको प्रहरीले जनाएको छ । ‘कपडा आफैले खोलेर कोठामा नै राखेको देखिन्छ ।

उनी हिजो पथरीमा आयोजित कन्सर्ट हेर्न गएर राती कोठा फर्किएकी थिइन् । यद्यपी, पोष्टमार्टमबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोजकुमार केसीले जानकारी दिए । प्रहरीले सबै कोणबाट अनुसन्धान थालिएको उनले बताए ।

‘आफ्नै डेरा भएको घरअघि मृत भेटिएको हो । चोट देखिएको अवस्था छ,’एसपी केसीले भने,‘शवलाई पोष्टमार्टम गर्न धरान पठाएका छौ, पोष्टमार्टमबाट धेरै कुरा खुल्छ ।’ केसीले जानकारी दिएका छन ।

मृतकको कोठा तेस्रो तलामा छ । उनका श्रीमान् वैदेशिक रोजगारीमा दुवई गएका छन् । शुक्रबार फोनमा आतिदै गफ गरेको र बेलुकी हल्का मापसे गरेको छोराले बताएका छन् । तर पनि घटनालाई सबै ढंगबाट सुक्ष्मरुपमा अनुसन्धान हुनुपर्ने र घटना आत्म हत्या नभएर हत्या भएको आफ्न्तले दाबी छ ।

पथरीशनिश्चरे नगरपालिका क्षेत्रमा इलाका प्रहरी कार्यलय पथरी, सुरक्षा बेस क्याम र सशस्त्र प्रहरी क्याम जस्ता राज्यको ३ ओटा सुरक्षा निकाय रहेका छन्  ।

गएको दुई महिनालाई हेर्ने हो भने एक पछि अर्को गर्दै ४ ओटा सृखलाबद्ध रहस्यमय शव फेला फेला परेको छ । यस्ता घटनाले गर्दा आम पथरी बासी त्रसित भएका छन ।

गत फागुन १६ गते पथरीकै एक सिक्का बारबाट सोहि प्रकारको एक युवकको हत्या भएको थियो । ५ तला माथि रहेको बारमा रमाईलो गर्न गएका युवाको बारको तल घोप्टो परेको अवस्थामा शव भेटिएको थियो ।

पथरी कानेपोखरी सडक नजिकैको जंगलमा २ महिलाको रहस्यमय मृत्यू भएको थियो । २ महिनामा ४ ओटा सहस्यमय मृत्यू भैस्दा पनि नगर प्रहरी प्रसासनबाट शान्त्ती सुरक्षाको विषयमा केहि सजक नभएर्को स्थानीय र ब्यापारी बताउछन ।

यता बैशाख ७ गते रिना बस्नेतको अकल्पनीय, शंकास्पद र निन्दनीय घट्ना घटेको प्रति पथरी उद्योग बाणिज्य संघले गम्भीर ध्यानाकर्षण जनाएको छ । उस्ले विज्ञप्ती जारी गर्दै रहस्मय घट्नाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्कालै कानुनी दायरा ल्याएर कारबाही गर्न माग गरेको छ ।

जति अपराधिक घटनाहरु पथरीशनिश्चरे वडा नं. १ मा र उक्त क्षेत्रलाई लक्षित गरी घटाईने भएकाले सो क्षेत्रमा प्रहरी प्रसासन र स्थानीय निकायको तालमेल नभएकाले यस्ता घटना घटेको वडा नं. १ का वडाध्यक्ष बाबुराम एङदेन बताउछन ।

शव पोष्टमार्टमका लागी धरान स्थीत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रहरीले लगि सकेको छ ।

पछिल्लो ३ महिनामा भएका घटनाक्रम अनुसार सो क्षेत्रमा भएका आपराधिक घटनाहरु जिल्लाको सबैभन्दा बढी देखिएको छ । पछिल्ला घटनाक्रमले सो क्षेत्र सबैभन्दा असुरक्षित मानिएको छ ।

रिनाको हत्यारा पत्ता लगाइ अपराधीलाइ कारबाही गर्न माग गर्दै पथरीबासीले संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् ।

पथरीमा बढेको बढ्यै छन् अपराध 

घटना १ : पथरी शनिश्चरेमा रमा बरालको हत्या भयो । हत्यापछि सिंगो नगरमा सन्त्रास फैलियो । यो घटनाको अनुसन्धानमा प्रहरी पुर्णत असफल भयो । यो घटना पछि प्रहरीप्रति जनबिश्वास समेत घटदै गयो ।

घटन २ : पथरीशनिश्चरेमा अबस्थित सिरिजंगा वनमा २ पटक २ जनाको हत्या भईसकेको छ । घटनामा प्रहरीले अनुसन्धान गरेपनि प्रहरीको अनुसन्धान फितलो नै देखियो ।

घटना ३ : पथरीशनिश्चरेको जिरिखिम्तिमा झापाकी महिलाको हत्या गरी शव फालिएको अबस्थामा फेला पर्यो । सोही घटनामा पनि प्रहरीको अनुसन्धान फितलो मात्र देखिएन, प्रहरी आलोचित पनि बन्यो

घटना ४ : पथरी शनिश्चरेमा खुलेको सिक्का बारमा एक युवाको हत्या भयो । सोही घटनालाई लिएर उनका परिवार अझै आन्दोलित छन । त्यस घटनामा प्रहरी मात्र नभएर जनप्रतिनिधि समेत आलोचित बनेका छन्  ।

घटना ५ : पथरीशनिश्चरे १ मा कस्मेटिक पसल सञ्चालन गर्ने रिना बस्नेत को नग्न अबस्थामा शनिबार बिहान शव भेटियो । यो घटनामा पनि प्रहरी चुकेको नै देखियो । त्यसैले घटनाको तीन चार दिन बितिसक्दा पनि प्रहरीले अपाराधी पत्ता लगाइ कारबाही थाल्न सकेको छैन ।

यी सबै घटनामा प्रहरी पुर्णत असफल देखिएको छ  । कुनैपनि घटनाक्रममा पथरी प्रहरीले उल्लेख्य अनुसन्धान गर्न नसकेको स्थानीयको आरोप  छ । सिक्का बारमा भएको घटनामा पनि प्रहरी धेरै आलोचित बनेको थियो । रिना बस्नेतको कसले र किन हत्या गर्यो भन्ने खुलेको छैन ।

गलत क्रियाकलाप, गुण्डागर्दी लगायत खराब कामलाई पश्रय दिएको आरोप लाग्ने गरेका पथरी प्रहरी प्रमुख कमल बजगाईं पटक पटक  चुक्ने गरेका छन । पछिल्लो घटनाक्रममा समेत राति ११ बजेसम्म कन्सर्ट आयोजना गर्न दिनु र बिहान बिच बजारमा शव लड्दा समेत केही थाहा नहुनुले प्रहरीको लाचारीपन प्रष्टयाएको छ । यस बिषयमा बजगाईले  प्रतिक्रिया दिएका छैनन्  ।