एकैचोटी ७७ जिल्लामै टुंगियो नेकपाको पार्टी एकता, कुन जिल्लामा क-कसले लिए नेतृत्व ?

  • ९ बैशाख २०७६, सोमबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ७७ वटै जिल्लाका पार्टी नेतृत्वको टुंगो लगाएको छ ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले जिल्ला नेतृत्व टुंग्याएपछि सोमबार सबैको नाम सार्बजनिक गरिएको हो । ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व तय गरिएको छ ।
टुंगिएको एकता अनुुसार माओवादीले प्रदेश १ मा ५, प्रदेश २ मा ४, प्रदेश ३ मा ५ जिल्लाको नेतृत्व पाएको छ । त्यसैगरी गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा ५, कर्णालाीमा ६ र सुदूरपश्चिममा ४ जिल्लाको नेतृत्व माओावादीको भागमा परेको छ ।  बाँकी सबै जिल्ला नेतृत्व पुर्व एमालेले पाएको छ ।
माओावदीको तर्फबाट अध्यक्ष भएको ठाउँमा एमालेको तर्फबाट सचिव रहने र एमालेको तर्फबाट अध्यक्ष भएको ठाउँमा माओवादीतर्फको सचिव हुने गरी सहमति गरिएको थियो  ।

प्रदेश १ मा टुंगिएको एकता अनुसार माओवादीको तर्फबाट सुनसरीमा योगेन्द्र मण्डल (पप्पु) ,उदयपुरमा विनोद कटुवाल (दिनेश), ताप्लेजुङमा खेलप्रसाद बुढाथोकी, खोटाङमा देवान चाम्लिङ र ओखलढुंगामा मोहन कुमार खड्का जिल्ला अध्यक्ष बनेका छन ।
यसैगरी एमालेका तर्फबाट मोरङमा बिनोद ढकाल, झापामा चिन्तन पाठक, ईलाममा राम राना,धनकुटामा राजेन्द्र राई, तेह्थुममा लक्ष्मण तिवारी, संखुवासभामा हेमराज घिमिरे, भोजपुरमा प्रेमकुमार राई र सोलुखुम्बुमा मानवीर राई अध्यक्ष बनेका छन् ।

त्यसैगरी प्रदेश १ बाट जिल्ला सचिव छनौट हुनेहरूमा ताप्लेजुङमा बलबहादुर साम्सोहाङ, पाँचथरमा होमप्रसाद जबेगु, ईलाममा सोममाया राई, झापामा मणिकुमार साम्पाङ, मोरङमा गोपीबहादुर अछामी,  सुनसरीमा रमेश बस्नेत, धनकुटामा ऋषिराम ढुंगाना, तेह्थुममा ईन्द्रबहाुर ईमसुङ, संखुवासभामा कृष्णा याख्खा, भोजपुरमा बिमल खडका, खोटाङमा बबि चाम्लिङ, सोलुखुम्बुमा गोम्बु शेर्पा, ओखलढुंगामा मोन श्रेष्ठ र उदयपुरमा ईश्वरमणी राउत चयन भएका छन ।

प्रेस विज्ञप्ती  (९ वैशाख २०७६) जस्ताको तस्तै 
यही २०७६ वैशाख ८ गते सम्पन्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा), केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहमा पार्टी एकीकरणको कामलाई अघि बढाउने सन्दर्भमा जिल्ला तहको एकीकरण सम्पन्न गर्ने महत्वपूर्ण निर्णय गरेको छ । निश्चित मापदण्डका आधारमा गरिएको उक्त निर्णय यसप्रकार छ ः
(क) जिल्ला तहमा पार्टी एकीकरणका मापदण्डहरु ः
  • जनप्रतिनिधिको जिम्मेवारीमा रहनुभएका कमरेडहरु पनि पार्टी जिल्ला कमिटीको अध्यक्ष तथा सचिवको जिम्मेवारीमा रहन सक्ने ।
  • साविक नेकपा (एमाले)का जिल्ला कमिटी अध्यक्ष र नेकपा (माओवादी–केन्द्र)का जिल्ला कमिटीका प्रमुखहरु सम्बन्धित जिल्ला कमिटीमा अध्यक्ष वा सचिवको जिम्मेवारीमा रहने ।
  • जिल्ला कमिटीमा विगतमा कार्यदलले सिफारिस गरेबमोजिमको सदस्य संख्या रहने ।
  • जिल्ला कमिटीमा साविक जिल्ला कमिटीका सदस्यहरु रहने । कमिटीमा सदस्य संख्या थप्न मिल्ने अवस्था भएमा सम्बन्धित प्रदेश कमिटीले बरिष्ठ र सक्षम कमरेडहरु मध्येबाट थप्ने । साविक जिल्ला कमिटीको सदस्य संख्या बढी भएमा सम्बन्धित प्रदेश कमिटीले साविक जिल्ला कमिटीका बरिष्ठ र सक्षम कमरेडहरुलाई जिल्ला कमिटीमा संगठित गर्ने ।
जिल्ला कमिटीको सदस्य संख्याको अनुपातअनुरुप हुनेगरी सम्बन्धित जिल्ला कमिटीले बरिष्ठता र क्षमताका आधारमा आफ्नो तहको सचिवालय र कार्यालय गठन गर्ने ।
(ख) भूगोलका ७७ जिल्ला कमिटीमा अध्यक्ष र सचिवको जिम्मेवारी निम्नानुसार निर्धारण गरिएको छ ः
जिल्ला अध्यक्ष र सचिव
प्रदेश नं. १
ताप्लेजुङ  विजय बनेम  बलबहादुर साम्सोहाङ
पाँचथर  राजकुमार भण्डारी  होमप्रसाद जवेगु
ईलाम राम राना   सोममाया राई
झापा चिन्तन पाठक    मणिकुमार साङपाङ
मोरङ  विनोद ढकाल   गोपिबहादुर आछामी
सुनसरी  योगेन्द्र मण्डल    रमेश बस्नेत
धनकुटा  राजेन्द्र राई   ऋषिराम ढुङ्गाना
तेह्रथुम लक्ष्मण तिवारी   ईन्द्रबहादुर ईमसुङ
संखुवासभा हेमराज घिमिरे   कृष्ण याख्खा
भोजपुर  प्रेमकुमार राई   विमल खड्का
खोटाङ  देवान चामलिङ    बबि चामलिङ
सोलुखुम्बु  मानवीर राई   गोम्बु शेर्पा
ओखलढुङ्गा मोहनबहादुर खड्का    मोहन श्रेष्ठ
उदयपुर  विनोद कटुवाल    ईश्वरमणी राउत
प्रदेश नं. २
सप्तरी  अशोक मण्डल    गोविन्द न्यौपाने
सिराहा रामकुमार यादव    प्रमोदनारायण यादव
धनुषा राजकिशोर यादव   श्रवण यादव
महोत्तरी  राजु खड्का   सौकिलाल यादव
सर्लाही रेवती पन्त   डाचाराज वाग्ले
रौतहट  कमल यादव   युवराज भट्टराई
बारा  छत्रबहादुर श्रेष्ठ   सुन्दर विश्वकर्मा
पर्सा  प्रभु हजारा   विजय महतो
प्रदेश नं. ३
चितवन यमबहादुर परियार   कृष्णभक्त पोख्रेल
मकवानपुर  मुनु सिग्देल   प्रेम पुलामी
धादिङ भूमि त्रिपाठी   शालिकराम जम्कट्टेल
नुवाकोट  हिरानाथ खतिवडा    नारायण खतिवडा
रसुवा कन्र्याल तामाङ   ईन्द्र गोतामे
सिन्धुपाल्चोक झम्क नेपाल   दावा तामाङ
दोलखा ईश्वरचन्द्र पोख्रेल   गोपाल पाण्डे
रामेछाप  मदनकुमार तामाङ    शान्तिप्रसाद पौडेल
सिन्धुली राजन दाहाल   प्रदीप कटवाल
काभ्रेपालञ्चोक रुकु चौलागाई   टोकबहादुर वाईवा
भक्तपुर  बचनबहादुर देउजा   डी.पी. ढकाल
ललितपुर  हरिकृष्ण व्यञ्जनकार   राजकाजी महर्जन
काठमाडौं  कृष्ण राई हिमाल शर्मा
गण्डकी प्रदेश
कास्की कृष्ण थापा   बखानसिंह तमु
तनहुँ केदार सिग्देल   राजेन्द्रकेशरी न्यौपाने
लमजुङ मधु अधिकारी    धनञ्जय दवाडी
गोरखा लेखबहादुर थापा    प्रेम गुरुङ
म्याग्दी गोविन्द पौडेल    हरिकृष्ण श्रेष्ठ
मुस्ताङ चन्द्रमोहन गौचन   सत्यनारायण शेरचन
मनाङ  पाल्तेन छोयान गुरुङ   बेदबहादुर गुरुङ
बाग्लुङ  ईन्द्रलाल सापकोटा   ज्ञामनाथ गैरे
पर्वत  पदम गिरी   सुदीप कुँवर
स्याङ्जा सूर्यप्रसाद गैरे    मीनबहादुर गुरुङ
नवलपरासी (पूर्व) रोशन गाहा   मित्रशरण शर्मा
प्रदेश नं. ५
रोल्पा सुरेन्द्र घर्ती  हरिप्रसाद घर्ती
रुकुम (पूर्व) मेघबहादुर श्रेष्ठ    सतमान पुन
प्यूठान  तुलसीराम शर्मा   नारायण अधिकारी
अर्घाखाँची चेतनारायण आचार्य   ठाकुर वि.क.
गुल्मी मधुकृष्ण पन्त   वीरबहादुर कार्की
पाल्पा नारायण आचार्य   गिरबहादुर थापा
नवलपरासी (पश्चिम) भविश्वर तिवारी    तुलसी पासी
रुपन्देही शिवराज सुवेदी   दधिराम न्यौपाने
कपिलवस्तु  झविलाल पोख्रेल   रामचन्द्र शाह
दाङ टिकाराम खड्का   तुलसीराम पुन
बाँके  आई.पी. खरेल    अशोक कोइराला
बर्दिया  भवनकुमार थारु    हरि ज्ञवाली
कर्णाली प्रदेश
सुर्खेत  धु्रव शाही   कृष्णबहादुर जिसी
दैलेख  रविन्द्र शर्मा   प्रेम कटुवाल
जाजरकोट  ढकवीर राना    करवीर शाही
रुकुम (पश्चिम) गोपाल शर्मा    विमल पुन
सल्यान गोविन्द पुन   कर्णबहादुर बुढा
जुम्ला बीरबहादुर कुँवर    तिर्थबहादुर बुढा
कालिकोट  धनजीत शाही    नागिन्द्र शाही
हुम्ला लालकेश जैसी    दल रावल
डोल्पा दत्तबहादुर रोकाया   मालबहादुर रोकाया
मुगु  सुरवीर बुढा    धर्मबहादुर शाही
सुदूरपश्चिम प्रदेश
दार्चुला गणेशसिंह खत्री    रामदत्त जोशी
बैतडी  सुरेन्द्र पाल   प्रेम भट्ट
डडेल्धुरा  मानसिंह माल   तारा जोशी
बाजुरा  कालुबहादुर शाही   भरतबहादुर बुढा
बझाङ मीनबहादुर कुँवर    दिलबहादुर सिंह
अछाम  शेरबहादुर कुँवर   झपट साउँद
डोटी  चक्रबहादुर मल्ल   शैलेन्द्र वि.क.
कैलाली रतन थापा  लालबहादुर सोडारी
कञ्चनपुर  बीरबहादुर थापा    तारा लामा
एकता प्रक्रियामा विलम्ब भए तापनि हामीले सर्वसम्मतिका साथ पदाधिकारीसहित जिल्ला कमिटी गठन गर्ने निर्णय गरेका छौं । अब एकताका बाँकी कामहरु पनि अविलम्ब सम्पन्न गरिनेछ । सिङ्गो पार्टीपंक्ति र आमजनसमुदायलाई राष्ट्रव्यापी रुपमा परिचालित गर्न विशेष अभियान सञ्चालन गरिनेछ । पार्टीको नियमित कामलाई प्रभावकारी रुपमा सम्पादन गर्दै विशेष अभियानका लागि तयारी हालतमा रहन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र सदस्य कमरेडहरुलाई आह्वान गरिन्छ ।
केपी शर्मा ओली    (अध्यक्ष)                             पुष्पकमल दाहाल ‘प्रचण्ड’  (अध्यक्ष)