मुद्दा मामिलाका कारण फ्रिज हुने अबस्थामा पुग्यो बाहुनीमा आएको डेढ करोड बजेट
- ३१ बैशाख २०७६, मंगलवार
मोरङको बेलबारी वडा नम्बर ९ वाहुनीमा रहेको जनता माविको लागि आएको रकम फ्रिज हुने अबस्थामा पुगेको छ ।
सभाहल सहितको २ तले प्रशासनिक भवनका लागि आएको बजेट फ्रिज हुने अबस्थामा आएको हो । नगरपालिकाले लगाएको वोलपत्र खारिजको माग गर्दै पुर्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ताराविर कट्वालले रोक्न उच्च अदालत विराटनगरमा मुद्धा दर्ता गराएका थिए । नगरपालिकाले गरेको बोलपत्र (टेण्डर) रोक्न उच्च अदालतले सोमवार अन्तरिम आदेशलाई निरन्तरता दिएपछि डेढ करोड रकम फ्रिज हुने अबस्थामा पुगेको हो ।
नमुना विद्यालयका लागि आउने रकम विद्यालयको खातामा जम्मा हुनुपर्ने र स्विकृत योजनाका लागि खर्च हुनुपर्ने प्रावधान भएको भन्दै कट्वालले उक्त रकम बिद्यालयको खातामा आउनु पर्ने भन्दै अदालतमा नगरपालिका विरुद्ध मुद्धा दर्ता गराएका थिए ।
नमुना बिद्यालय संचालन निर्देशिका अनुसार त्यस बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिति नभएकाले रकम पढाउन नसकिएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । नमुना बिद्यालय संचालन गर्न प्रअ सग करार सम्झौता गर्नु पथ्र्यो त्यो पनि छैन उनले भने नमुना बिद्यालयकोे कोष हुनु पर्नेमा छुटै कोष नदेखीएकाले वोलपत्र मार्फत ठेक्का लगाइएको उनले बताए ।
उक्त बिद्यालयले नमुना बिद्यालय संचालन कार्यविधि समेत नवनाएको र स्विकृति समेत नलिएको उनले बताए । बेलबारीमा शैक्षिक क्षेत्रमा आएको बजेट फ्रिज नपारौ भन्ने उदेश्यका साथ ठेक्का लगाइएको मेयर सुवेदीले बताए । उनले बजेट फ्रिज भए त्यसको जिम्मेवार आफु नहुने समेत उनले बताए ।
सभाहल सहितको २ तले प्रशासनिक भवन बन्नका लागि डिपिआर समेत निर्माण भई कामको प्रकृर्या अगाडि बढाइएको मेयर सुवेदीले बताए । शैक्षिक क्षेत्रमा राजनिति नगरौ उनले भने समबृद्ध बेलबारी बनाउने अभियानमा हातेमालो गर्न समेत आग्रह गरे
अदालतले उक्त ठेक्का रोक्न आदेश दिएपनि फैशला भने गरेको छैन । बिद्यालाय क्षेत्र विकास कार्यक्रम जिल्लास्तर, नेपाल सरकार स्रोत भर्ना र सर्त अुनदान शिर्षकमा आएको उक्त बजेट फ्रिज हुने अबस्थामा आएको छ । नगरपालिकाले सवै सामुदायिक बिद्यालयका बिद्यालय ब्यबस्थापन समिति एकै पटक खारेज गरेको थियो । तर केहि बिद्यालय ब्यबस्थापन समितिहरु भने कार्याकाल नसकिएको भन्दै नगरपालिकाको निर्णयको अबज्ञा गर्दै आइरहेका छन ।