दाम्लोले बाँधेर राखिएका मानसिक रोगीको उपचार गराउँदै बेलबारी नगरपालिका
- १० जेष्ठ २०७६, शुक्रबार
बिगत १८ बर्षदेखि मानसिक रोगका कारण थला परेका बेलबारी ९ का पुर्ण वहादुर भन्डारीकोे उपचार हुन थालेको छ ।
धेरै बर्षदेखि दाम्लोका भरमा समेत रहेका भन्डारीको उपचारका लागि बेलबारीका मेयर ज्ञानेन्द्र सुवेदीको पहलमा उपचार हुन थालेको हो ।
लामो समयदेखि उपचारमा नपाई घरमा बसेको थाहा पाएपछि वडा नम्बर ९ का वडाध्यक्ष नगेन्द्र खड्काले मेयर सुवेदीलाई जानकारी गराएका थिए । खबर पाउन साथ मेयर सुवेदीले नगरपालिकमा रहेको स्वास्थ्यकर्मीहरुको टोलीलाई घरमै पठाएका थिए ।
धामी झाक्री मात्रै लगाएर बसेका थियौंं, पुर्ण वहादुरकी दिदी सिताले भनिन् जंगली लागेको भन्दै धामीले २ सय भन्दा वढी कुखुरा पनि खाइसके ।
डाक्टर लगाउंँदा ठिक हुदैन भनेर उपचार नगरी धामी झाक्रीको भरमा परेको उनले बताईन् । बुधवार देखिनै उनको उपचार थालिएको बेलबारी नगरपालिका स्वास्थय शाखाका प्रमुख सन्तोष बिश्वकर्माले बताए ।