शिक्षा सन्देशमा नाेवेलकाे विद्यालय स्वास्थ्य कार्यक्रम

  • १५ जेष्ठ २०७६, बुधबार

केशु विरही, बेलबारी, माेरङ/ विश्व महिनावारी स्वास्थ्य दिवसकाे अवसरमा नाेवेल मेडिकल कलज विराटनगरले अाज एक दिवसीय विद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे श्री शिक्षा सन्देश ई स्कुलमा महिनावारी भएका र साे स्टेजमा पुगेका किशाेरीहरुलाई स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यकासाथ संचालन गरिएकाे विद्यालय स्वास्थ्य कार्यक्रममा विद्यालयका कक्षा ७, ८, ९ र १० कक्षाका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

तालिममा किशाेरीहरुका महिनावारीका समयमा हुने समस्या र त्यसबाट वच्ने उपायकाे वारेमा जानकारी प्रदान गरिएकाे थियाे ।

उक्त एक दिवसीय तालिममा नाेवेल मेडिकल कलेजकी शिक्षिक डा. नविना काेईराला, डा. हिमलाल भण्डारी र नर्सहरुकाे टिमकाे सहजिकरण रहेकाे थियाे ।

नाेवेल मेडिकल कलेजले पछिल्लाे समयमा “घरघरमा डाक्टर घरघरमा नर्स” कार्यक्रम संचालन गर्दै अाएकाे छ । साेहि कार्यक्रम अन्तरगत याे कार्यक्रमकाे संचालन गरेकाे नाेवेल मेडिकल कलेजले जनाएकाे छ ।

विद्यालयमा संचालन गरिने यस्ता कार्यक्रम निकै उपयाेगी हुने शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्रीकाे मत रहेकाे छ ।