सुनसरीकी एक महिलाले एकैचोटी जन्माइन् तीन छोरा, सन्तान हुर्काउन आर्थिक समस्या
- २८ जेष्ठ २०७६, मंगलवार
सुनसरी इटहरीकी एक महिलाले एकैपटकमा तिम्ल्याहा सन्तानका रूपमा तीन जनानै छोरा जन्माएकी छिन् ।
इटहरी १५ की ३५ बर्षिय बिन्दा चौधरीले एकै पटक तीन छोरा जन्माएकी हुन् ।
सुत्केरी ब्यथा लागेर घरमा १ छोरा जन्मे पनि बिन्दालाई समस्या भएपछि बिराटनगरस्थित हस्पिटल पुर्याइएको थियो । त्यहाँ सामान्य प्रसूतिबाटै थप दुई बच्चा जन्मिएका थिए । आमा र बच्चाहरुको स्वास्थ्य अवस्था पनि राम्रो रहेको कारण घर ल्याईसकेका छन । एकै पटक तीन छोरा जन्माए यो भन्दा अगाडी पहिलो सन्तान पनि छोरा नै भएको बिन्दाले बताााइन् ।
सन्तान हुर्काउन आर्थिक समस्या
परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सन्तान हुर्काउन समस्या हुने परिवारजनले बताएको छ ।
बिन्दाको श्रीमान गौतम चौधरी घर निमार्णको मजदुरी काम गदै आएका छन् । थोरै आयस्रोत्र हुदा परिवार पाल्न भने समस्या भईरहेको चौधरी बताउँछन् । घरमा एकै चोटी तीन छोरा जन्मदा खुसी भएको भए पनि कसरी पालन पोषन गर्ने भन्ने विषयमा भने चिन्तित भएको उनले बताए ।