स्थापनाको १२ बर्षपछि बल्ल बन्न थाल्यो बेलबारी बहुमुखी क्याम्पसको भवन
- ५ असार २०७६, बिहीबार
आफनै जग्गामा बेलबारी बहुमुखी क्याम्पसको भवन शिल्यान्यास गरिएको छ ।
एक कार्यक्रमका विच बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले भवनको शिल्यान्यास गरेका हुन् ।
पुर्वपश्चिम राजमार्ग देखी २ सय मिटर दक्षिणतर्फ निर्माणाधीन क्याम्पसका लागि गत बर्ष सरकारले ४ बिगाह जग्गा उपलब्ध गराएको थियो । नगरपालिकाको १ करोड, स्थानिय तह पुर्वाधार साझेदार कार्यक्रमको ५० लाख तथा क्याम्पसको ४० लाख बजेटमा उक्त भवन बन्न लागेको हो ।
भवनको पहिलो तला १६ कोठाको हुनेछ । क्यापस प्रमुख खगेन्द्र लुइटेलका अनुसार बहुवर्से योजनामा भवन बन्नेछ । ३ सय ११ जना बिद्यार्थी हाल अध्यनरत रहेको क्याम्पस हालसम्म भाडा तिरेर संचालन हुंँदै आएको छ । बेलबारी क्याम्पस २०६५ सालमा स्थापना भएको थियो ।
क्यापसमा कमर्स, आर्टस तथा एजुकेसन पढाइ हुने गरेको छ । क्यापसको भवन बनाउने जिम्मा ढुकुचु र चौधरी जेभि कन्ट्रकसनले जिम्मा पाएको छ । जनप्रतिनिधिले चासो देखाएपछि बन्न थालेको हो ।
आफनै भवन बनेपछि पठन पाठन लगायत अतिरिक्त क्रिर्याकलाप गर्न सहज हुनेछ । ‘सांँघुरा कोठामा पढाइ हुने गरेको तथा अतिरिक्त क्रिर्याकलाप समेत समस्या हुने गरेको थियो, एक बिद्यार्थीले भने अब नयाँ भवनमा बनेपछि सहज हुन्छ ।’
यो पनि पढ्नोस –
बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन