अनलाइन मिडियालाई बजेट छुट्याउने प्रदेश १ का समाजिक विकास मन्त्रीको प्रतिबद्धता
अनलाइनहरुलाइ बिज्ञापन दिने उद्योगी ब्यापारीको आश्वासन
- ९ असार २०७६, सोमबार
अनलाइन मिडिया समुहको आयोजनामा शनिबार विराटनगरमा ” संघिय प्रदेश र स्थानिय तहको विकाश समृद्धिमा छिटो सुचनाका लागी अनलाइन मिडिया हरुको भुमिका विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश नम्बर एकका समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ ब्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल, नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम, पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोख्रेल लगायतको आतिथ्यता थियो ।
अनलाइन मिडिया समुहका अध्यक्ष तेजेन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका उपाध्यक्ष अम्बिका भण्डारीले संचालन गरेका थिए । कार्यक्रममा मोरङमा क्रियाशिल पत्रकार एवम सञ्चारकर्मीको बाक्लो उपस्थिती रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिमिरेले अबको पत्रकारिता क्षेत्रमा अनलाइन पत्रकारिताको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । मन्त्री घिमिरेले अनलाइन मिडियाले छिटो सुचना प्रवाह गर्ने माध्यम बनेको हुनाले यसलाई थप सुधार गर्दै लैजानु पर्ने बताउनुभयो । उहाँले अब दैनिक पत्रीकाको युग समाप्त भै पाठकहरु अनलाइनमा सक्रिय हुने समय आइसकेको भन्दै अनलाइनलाई बिस्वस्नियताका साथ अगाडि बढाउनु पर्ने उल्लेख गर्नु भयो ।
मन्त्री घिमिरेले प्रदेश सरकारबाट अरु सञ्चार माध्यम झै समानुपातिक बिज्ञापन तथा अनलाइन मिडियाकर्मीहरुलाइ थप तालिमको व्यवस्था गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले अब देश बिकासमा सशक्त भुमिका निर्वाह गर्न अनलाइन मिडियाको बिशेश योगदान रहने बताउनु भयो । उहांँले अरु सञ्चार माध्यम भन्दा अनलाइन सञ्चार माध्यमले छिटो सुचना प्रवाह गर्ने गरेको बताउदै अनलाइन मिडियालाई अगाडि बढाउन सबै व्यापारीक प्रतिस्ठानहरु बाट सक्दो सहयोग गरिने प्रतिबद्धता जाहेर गर्नु भयो ।
सोही विषयमा बोल्दै मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले अनलाइन सञ्चार माध्यमलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने बताउनु भयो । उहाले उद्योग संगठन मोरङ संग सहकार्य गरी अनलाइन मिडिया समुहलाई अगाडि बढाउन २५ हजार रुपैया सहयोग गर्ने घोषणा गर्नुभयो ।

नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतम र महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले प्रविधिको विकाश क्रमसंँगैँ भएको विकाशलाई सबैले अबलम्बन गर्दै आत्मसाथ र पेशागत मयादामा रहेर पत्रकारिता गर्नको लागि अनलाईनकर्मी पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
अनलाइन मिडिया समुहको मोरङ अध्यक्ष तेजेन्द्र बहादुर भण्डारीले फेसबुक सञ्जालले गर्दा अनलाइन पत्रकारिता बद्नाम हुदै गएको गुनासो गर्नुभयो । उहांँले अनलाइन मिडियाको लागि चाहिने आवश्यक कानुनहरु पनि निर्माण हुनु पर्ने र अनलाइन मिडियाहरुलाइ नियमन गर्ने निकायको आवश्यकता रहेको बताउनु भयो ।