नगरसभा चलिरहँदा गेटमा नाराजुलुस, नगरसभाको विशेष प्रस्ताव बन्यो विहेको निम्तो पनि
- १० असार २०७६, मंगलवार
मंगलबार बिहान ११ बजे तोकिएको नगरसभा ११.३० मा शुरु हुनेबित्तिकै बेेेलबारी नगरपालिका बाहिर गेटमा सयौको संख्यामा पुगेका नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मेयर बिरुद्ध नाराबाजी गरे ।
भित्र उपमेयर ढाकाकुमारी पराजुलीले निति तथा कार्यक्रम प्रस्तुत गरुञ्जेल बाहिर नाराबाजी गरियो। नगरले तयार पारेको शिक्षा बिधेयक र बेलबारी ८ का वडाध्यक्ष धनपति गौतमलाई अनुपस्थित देखाएर सो वडाका सचिब तथा वडा सदस्यहरुले तयार पारेको योजना कार्यन्वयन गरेको अनि वडाध्यक्षको योजना नपरेर मेयरले मनोमानी गरेको लगायत मेयरले गलत अभिब्यक्ति दिएको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए । उनीहरूले मेयरको अभिव्यक्ति सच्याउन पनि माग गरे ।
नगरसभाको बिशेष प्रस्तावमै समेटियो बिहेको निम्तो
निति तथा कार्यक्रम र बजेट प्रस्तुत भइसकेपछि नगरसभामा सार्वजनिक सेवा तथा क्षमता बिकास समिति संयोजक रामकुमार किराँतीले बिषयगत समिति गठन सम्बन्धि प्रस्ताव पेेेश गरेका थिए । त्यसपछि पससयपुर्वाधार बिकास समितिका संयोजक घनश्याम गौतमले पुल निर्माण, खोला नियन्त्रण, पेट्रोल खानी उत्खनन, पर्यटकीय क्षेत्र प्रबर्द्धन, गरिबसँग नगरपालिका कार्यक्रममा सहकार्य, नगरपालिका भवन निर्माण, छिमेकी पालिकासँग जोड्ने सडकका योजना, कबर्ड हल र रंगशाला निर्माण, कोल्ड स्टोर ( शीत भण्डार) निर्माण र १ हजार क्षमताको सभाहल जस्ता बिशेष प्रस्तावहरु पेस गरेका थिए ।
बिषेश प्रस्ताव पेश गरिनसक्दै उनले मञ्चबाट नै ‘मेरी कान्छी छोरीको फलाना दिन मदनमोहन पुषरत्न साँस्कृतिक भवनमा जनवादी विवाह छ । त्यो विवाह बिशेष खालको हुनेछ । सबैलाई निम्तो छ है भनेर कुनै सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरेझैं गरेपछि नगरसभामा हाँसो छाएको थियो । त्यसपछि उपस्थित सबैजसोले त्यो बिषयबारे ठट्यौली गरेका थिए ।