चल्न थाल्यो जिल्ला खेलकुद विकास समिति मोरङको नेतृत्व हत्याउने होडबाजी

  • १९ असार २०७६, बिहीबार

जिल्ला खेलकुद विकास समिति मोरङमा अध्यक्षको  लागि आकांक्षीहरुले लविङ तिब्र बनाएका छन् ।

हालको समितिका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल यहि असाार २८ गते सकिने भएपछि सोहि पदका लागि  समितिको अध्यक्ष को बन्ने भन्ने विषयमा दौडधुप शुरु भएको हो ।

अध्यक्षको दौडमा रोहित कोइराला, सुजय गौतम र लक्ष्मण पोखरेल छन् । यी सँगै नेकपा मोरङका नेता सन्तोष वान्तवाको नाम समेत चर्चामा भएपनि  वान्तवाले खेलकुदका क्षेत्रमा निकै सक्रिय रोहित कोइराला अध्यक्ष बन्ने भए आफ्नो पूर्ण समर्थन रहने बताए ।

त्यसैगरी जिल्ला खेलकुद विकास समिति मोरङका कोषाध्यक्ष बेलबारी ११ निवासी सुजय गौतमले पनि अघ्यक्षमा उम्मेद्वारी दिने बताइएको छ ।