केराबारीले जित्यो बेलबारीमा जारी अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि

  • २१ असार २०७६, शनिबार

मोरङको बेलबारीमा जारी मोरङ जिल्ला अन्तरपालिका स्तरीय मेयर कप प्रतियोगिताको उपाधि केरावारी गाँउपालिकाले जितेको छ  ।

शनिबार बेलबारी ४ स्थित बेलबारी रंगशालामा भएको फाइनल खेलमा  पथरीशनिश्चरे नगरपालिकालाई २-० गोल अन्तरलेपराजित गर्दै केरावारी गाँउपालिका विजयी भएको हो ।

पहिलो हाप भन्दा अगाडि केराबारीले गोल गर्ने प्रसस्त मौका पाएपनि गोल गर्न नसकेपछि खेल गोलरहित बराबरी भएको थियो ।

खेलमा दोस्रो हाप शुरु भएको केही समयपछि केराबारीका ७ नम्बर खेलाडी मनिस लिम्बूले पहिलो गोल गरेका थिए । खेलको अन्त्यतिर केराबारीका १० नम्बरे खेलाडी भुवन बस्नेतले टीमका लागि दोस्रो गोल गर्दै जित शुनिश्चित गरेका थिए । उनी नै फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसैगरी प्रतियोगितामा खेलमा सबैभन्दा बढी ४ गोल गर्ने केराबारीकै मनिस लिम्बु पुरस्कृत भए ।

त्यसैगरी केराबारीकै गोलकिपर पुर्ण लिम्बु उत्कृष्ट गोलकिपर भए । बेलबारी निलोका शंकर राई प्रतियोगिताको उत्कृष्ट डिफेन्स घोषित भए । त्यसैगरी पथरी शनिश्चरेका दिपक राई प्रतियोगिताको उत्कृष्ट मिड फिल्फर बने । त्यसैगरी उत्कृष्ट स्ट्राइकर केराबारीकै भुवन बस्नेत बने । प्रतियोगिताको उदीयमान खेलाडी आयोजक बेलबारीका जनक राई घोषित भएका छन् । त्यसैगरी केराबारीका प्रशिक्षक भवानी लिम्बु उत्कृष्ट प्रशिक्षक र प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी केराबारीकै सौजन लिम्बू बने । 

बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा शनिबार भएको फाइनल खेलमा बेलबारी लगायत पथरी शनिश्चरे र लेटाङ नगरपालिकाका प्रमुख र उपप्रमुख, सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख र केराबारी गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष लगायत धेरैजसो वडाध्यक्षहरु पनि उपस्थित थिए । खेलमैदान वरिपरी मात्रै होइन, वरिपरीको कम्पाउण्ड वालमा समेत दर्शक बसेका थिए ।

बेलबारी नगरपालिकाको सहयोग र आयोजनामा असार १३ देखि २१ गतेसम्म भएको मोरङ जिल्ला अन्तर पालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता प्रतियोगितामा जिल्लाका कानेपोखरी, केराबारी, लेटाङ, बिराटनगर, बेलबारी निलो र उर्लाबारी छन् । त्यसैगरी समूह बी मा सुन्दरहरैँचा, रतुवामाइ, बेलबारी रातो, ग्रामथान, मिक्लाजुङ र पथरीशनिश्चरे गरी ११ वटा स्थानीय तहका १२ वटा टिम सहभागी भएका थिए ।

जितसँगै प्रतियोगिताको विजेता केराबारीले नगद १ लाख ५१ हजार सहित शिल्ड र प्रमाणपत्र  पाएको छ भने उपविजेता पथरीशनिश्चरेले १ लाख १ हजार रुपैयाँमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताको प्रत्येक खेलमा म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, हाइ स्कोरर, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । – अम्बिका भण्डारी