कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन

  • २४ असार २०७६, मंगलवार

धनकुटा, असार २४ गते  । महिला हिंसा र बलात्कार विरुद्ध आत्मरक्षा प्रदान गर्दै आएको के.आई.एफ. कुरोदय मार्सल आर्ट्स संघको धनकुटा जिल्ला कार्य समिति गठन भएको छ । धनकुटामा बसेको एक भेलाले सर्वसम्मत ११ सदस्यीय कार्य समिती निर्माण गरेको हो । जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राईको अध्यक्षतामा बसेको भेलाले केशब कुवरको अध्यक्षतामा समिती गठन गरेको हो । समितीको उपाध्यक्षमा अनुता अधिकारी, सचिबमा सन्तोष बुढाथोकी, सहसचिव सुवन श्रेष्ठ र कोषाध्यक्षमा स्नेहा श्रेष्ठलाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा बिमला रायामाझी, तेजेन्द्र अधिकारी, तारा काफ्ले, रेश्मा रोइला, इन्दिरा भण्डारी र सृजना लामिछानेलाई चयन गरेको छ । राष्ट्रिय खेलकुद् परिषद अन्तर्गत संचालित के.आइ.एफ. कुरोदय मार्सल आर्ट्स संघ नेपालमा वि.स. २०७३ सालमा स्थापना भएको हो । नेदरल्याण्डबाट सुरुवात भएको कुरोदय मार्सल आर्ट्सको संस्थापक टेन डन रेड बेल्ट सोके कृष्ण गोपाल हुन् ।
यसले नेपालमा महिला हिंसा बिरुद्ध हाम्रो संकल्प, खेलकुदमा महिला सहभागीता उत्तम विकल्प भन्ने नाराको साथ आत्मरक्षा सम्बन्धि सीप सिकाउदै आएको छ । बल होइन बुद्धिको प्रयोग गरि विशेष परिस्थितिमा कसरि आत्मरक्षा गर्न सकिन्छ भन्ने तालिम संघले सञ्चालन गर्ने गरेको छ ।
भेलामा जिल्ला खेलकुद विकास समितीका कोषाध्यक्ष मनोज राई सहित विद्यार्थी नेता प्रकाश गिरी, समितीको प्रेस सल्लाहकार ईश्वर थापा लगायतको उपस्थिती रहेको थियो ।