भवन अभावमा सास्ती भोगिरहेका छिन्ताङका शसस्त्र प्रहरीलाई बल्ल भो राहत
- २६ असार २०७६, बिहीबार
भवनको अभावमा तालिम लगायतका कार्यक्रमहरु संचालन गर्न कठिनाई भैरहेको सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा वहुदेश्यीय भवन निर्माण भएको छ ।
भवनको भव्य समारोका विच उद्घाटन भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराहवाहिनी मुख्यालय सुनसरीका वाहिनीपती सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले सो भवन उद्घाटन गरेका हुन् ।
वहुदेश्यीय भवन निर्माण भएपछि सहज भएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिताराम कार्की, जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन प्रसाद कोईराला, बरख गण धनकुटाका मेजर सुरेन्द्र वहादुर कार्की, राष्टिय अनुसन्धान धनकुटका डिएपी सञ्जय मण्डल, नेकपा धनकुटाका सचिव ऋषिराम ढुंगाना, नेपाली कांग्रेस धनकुटका सचिव विजय सन्तोषी राई, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं. १ का अध्यक्ष निरेन तामाङ्ग, वडा नं. ४ का वडाध्यक्ष जमशेर राई, वडा नं. ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं. ७का वडाध्यक्ष जंगवहादुर राई, यूवा पषिरदका अध्यक्ष अर्जुन छारा राई लगायतको सहभागीता रहेको थियो ।
सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल १ नम्वर प्रदेश वराह वाहिनी मुख्यालय सुनसरीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्र वहादुर थापाले सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटाको परिषरमा एभोकाडोका विरुवा समेत रोपेको गुल्मपति डिसपी बालकृष्ण श्रेष्ठले वताए ।
सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेट क्यावटर छिन्ताङ्ग धनकुटामा भरखर मात्र २० हजार लिटरको खानेपानी ट्याकी निर्माण सम्पन्न गरीएको गुल्मपति डिएसपी बालकृष्ण श्रेष्ठले वताए ।
विजय राई